News Portal

धरानमा आजदेखि चिनिया भेरो सेल खोप लगाउन शुरु

“धरानका लागि भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ”

हिमालीसंचार संवाददाता
३९८ पटक

अविन माबो/धरान – धरान उपमहानगरपालिका धरानमा चिनियाँ अनुदानमा प्राप्त सहयोग कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ धरान उपमहानगरपालिका भित्र  लगाउन सुरु गरिएको छ ।

संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरुलाई ‘भेरो सेल’ खोप लगाउन शुरु गरिएको हो । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिए । स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु गरिएको हो। 

आज पहिलो दिन धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाउने अनुमान गरिएको छ। गत फागुन महिनामा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ।

धरान उपमहामहानगरपालिकाको मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरीक्षण गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...