News Portal

कविता – “र पो दसै आएझै लाग्थ्यो “

हिमाली संचार संवाददाता
९४२ पटक

यम कुमार बानियाँ

खर ले छाएको-रातोमाटोले लिपेको घरमा
माकुरोले लगाएको जालो पन्छाउदै
घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो
र पो दसै आएझै लाग्थ्यो ।
दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो
लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो
र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै टेको लगाएर राखेको
केरा बोट्मै पहेलपुर हुन्थो
र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै चिउरा कुट्न
रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे
र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो
सरसफाइमा जुटिन्थो
र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न
ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो
र पो दसै आएझै लाग्थो ।

दसैमा फलानो आयो ढिस्कानो आउदेन रे
नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो
र पो दसै आएझै लाग्थो ।
पोहोरको दसैमा यती दक्षिणा भाथ्यो
अहिले कती हुने हो भनेर
मनमनै हिसाबकिताब गरिन्थो
र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो
र पो दसै आएझै लाग्थो ।

अघिपछी एक फिर्को मासुसँग कचौरो भरि
झोल खाने बानी परेको मान्छेलाई
आफ्नै घरमा सिङै खसी ढालिन्थो
र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै
भरियालाई भारी बोकाएर
खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर
टेप रेकर्डर घन्काउदै गाउ छिर्थे
र पो दसै आएझै लाग्थो ।
घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी
प्राइभेट पिङ हालिदिनु पर्छ भनेर
आमाबासँग माग राखेर लडिबुडी खेल्दै
अनसन बसिन्थो
र पो दसै आएझै लाग्थो ।
सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा
एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो
र पो दसै आएझै लाग्थो ।

निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर
दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो
र पो दसै आएझै लाग्थो ।
टिका लगाउदै हिड्दा कोही मान्यजनले
यो बज्जिया त छोरोमान्छे पो हो त ।
छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै
पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा
छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो
र पो दसै आएझै लाग्थो ।

तर खै त अहिले त्यो दसै ???????
उफ्स सम्झिदापनी बैराग लाग्छ्;
त्यसैले मागेर पाउने भए म
मेरो त्यो बेलाको दसै माग्थे ।
नागरिकतामा उमेर घटाएर
फेरी त्यो “बालापन ” फर्कने भए
म जुनसुकै मुल्य चुकाएर पनि
त्यो “बालापन ” साट्थे तर अपसोच
नियती सामु म निरिह छु ।

काठमाडौं,नेपाल।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...