News Portal

  • भोजपुर हतुवागढी गाउपालिकाका वडाध्यक्ष चन्द्रबहादुर विष्टले सार्वजनिक रुपमा माफी मागे (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३३८ पटक

    भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ-४ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई आज वडाकार्यलयमा एक कार्यक्रमबीच सार्वजनिक रुपमा हातजोडेर माफी मागेका छन्।

    हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष विष्टले बृद्ध राई माथी वडाकार्यलय परिसरमा हप्की तप्की गर्दै गालीगलौज गरेका भिडियो भाइरल भएपछि सरोकारवाल निकाय, चौतर्फी रुपमा विरोध गरेका थिए।  उक्त भिडियो टिकटक, युटुव लगायद विभिन्न सामाजिक संजालमा भाइरल भएको थियो। वडाध्यक्ष विष्टलाई हदैसम्मको कानुनी कार्बाहीको लागि चौतर्फी माग उठेको थियो भने वडाध्यक्षले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनु पर्ने माग समेत गरिएको थियो। 

    वडाध्यक्ष विष्ट नेकपा एमाले पाटीबाट विजयी भएका हुन्। उनी नेकपा एमाले केपी शर्मा ओली पक्षका जनप्रतिनिधि भएका कारण अहमताको पराकाष्टले सिमा नाधेको स्थानीयको आरोप थियो ।

    वडाध्यक्ष विष्टले वडाकार्यलय परिसरमा स्थानीय बृद्ध भक्तबहादुर राईले वडाकार्यलय भवन एक लाखको बजेटमा ढलान हुदै गरेको कामका लागि काम गर्ने अनुरोध गर्दा वडाध्यक्ष विष्टले बृद्ध राईलाई अमर्यादित, अशिष्ट दूरब्याबहार गरेका थिए। उनले जातीयताको विजारोपन समेत गरेका स्थानीयको आरोप रहेको थियो । वडाध्यक्ष विष्टले आफु ९० प्रतिशत राईमा आएको क्षेत्री हु, म डरले आएको होईन। बृद्ध राईले चोर औलाले अचेड्दै अपशब्द बोलेका थिए। 

    वडाध्यक्ष विष्टको चौतर्फी आलोचना भएपछि आज साझ एक विज्ञप्ति मार्फत अशोभनीय शब्द प्रयोग हुन गएकोमा आत्मालोचना गरी बृद्ध भक्तबहादुर राई, स-परिवारसंग सामाजिक रुपमा भेटेर क्षमायाचना माग्ने विज्ञप्तिमा उल्लेख गरेका थिए। सोही विषयमा आज वडाध्यक्ष विष्टले बृद्ध राईसंग हात जोडेर माफी मागेका छन् । 

    भिडियो यहा हेर्नुस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...