News Portal

  • युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना

    हिमालीसंचार संवाददाता
    ३८४ पटक

    रामप्रसाद ढुंगेल/युएई– वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् ।

    प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी १० लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापना भएपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनै संस्था वा ब्यक्तिलाई योगदानको आधारमा सम्मानसहित पुरस्कार दिने लक्ष्य राखिएको छ ।

    पुरस्कार तथा पुरस्कारको राशि रकमबारे पछि गठन हुने पुरस्कार वितरण सम्बन्धि मापदण्डमा विस्तृत रुपमा उल्लेख गरिने जनाइएको छ । प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको नाम “सगरमाथा वर्ष पुरस्कार” तय भएको छ । 

    युएईमा सक्रिय रहेको यो प्रतिष्ठानले अक्षयकोषका लागि संस्थाका केन्द्रीय सदस्य तथा पदाधिकारी र अन्य ब्यक्ति, संघसंस्थाबाट रकम संकलन गरिने जनाएको छ । 

    अहिलेसम्म अक्षयकोषको रकम संकलन, ब्यवस्थापन र सञ्चालनको लागि तत्कालको लागि संस्थाका केन्द्रीय सचिव डि एल घिमिरेको संयोजकत्वमा केन्द्रीय सह-सचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र केन्द्रीय सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय अक्षयकोष ब्यवस्थापन समिति बनाइएको छ । 

    सगरमाथा साहित्य प्रतिष्ठान नेपालले स्थापना गर्न लागेको अक्षयकोषको लागि अहिलेसम्म केही पदाधिकारी तथा साहित्यप्रेमीहरुले कोषमा स्वतस्फूर्त रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

    प्रतिष्ठानका संरक्षक समर चेम्जोङ आभाषले यो कोषको लागि  ५० हजार, अध्यक्ष जीवित खड्का मगरले ५१ हजार, प्रवक्ता राजेशराज गड्तौलाले २५ हजार, सुचारु विभाव प्रमुख अजित क्षेत्रीले २० हजार, महासचिव डि जि शर्माले ५० हजार नेपाली रुपैयाँ जम्मा गर्ने घोषणा गरेमा छन् ।

    यसैगरी केन्द्रीय सदस्य जीरन थुलुङ, सचिव डि एल घिमिरे, सहसचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू, सदस्य कृष्णप्रसाद घिमिरे, सल्लाहकार  दीपराज न्योङङ्हाङले जनही २०/२० हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता गरेका छन् ।

    यसैगरी संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक विवेक दुलाल क्षेत्रीले ५० हजार १ सय ५० रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । यसका अतिरिक्त केन्द्रीय सदस्यहरु रविन दर्लामी मगर, सदस्य अमृता वान्तवा, युवराज खतिवडा, उपाध्यक्ष सरु शितल राईले पनि जनही २०/२० हजार रुपैयाँ र काठमाडौंबाट सुभद्रा नेपालीबाट १०  हजार गरी अहिलेसम्म १६ जना मनकारी दाता तथा अभियन्ताहरुबाट करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको रकम घोषणा भएकोले बाकी रकम पनि निर्धारण गरिएको समयसीमा भित्रमा संकलन गरिसक्ने लक्ष्य लिइएको छ ।

    प्रवासबाट नेपाली साहित्यको उत्थानको लागि गरिएको यो अनुकरणीय प्रयत्नलाई सफल बनाउन अध्यक्ष जिवित खडका मगरले सबै मनकारी दाताहरुलाई अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    दर्वेशामा दुर्घटना हुँदा केदारको मृत्यु, राजन घाइते

    मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली...

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन...

    आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

    काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष...

    एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

    बाल्टिमोर (अमेरिका), असार १०  – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार...

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...