News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आफैले आदेश जारी गरेका डडेल्धुराका सिडिओद्वारा निषेधाज्ञा उल्लङ्घन

    हिमालीसंचार संवाददाता
    ३४२ पटक

    राम धामी,डडेल्धुरा – डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ। कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ।

    गत वैशाख १६ गतेदेखि डडेल्धुरामा निषेधाज्ञा जारी छ। तर, पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानीय तहदेखि जिल्लास्थित कोरोना महामारी संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरू र स्वयम् निषेज्ञाधा जारी गर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाटै निषेधाज्ञा उल्लङ्घन हुन थालेको हो।

    जिल्लास्थित प्रमुख सरोकारवाला निकायबाटै निषेधाज्ञा उल्लङ्घन गर्नमा होडबाजी भइरहेकोले सर्वसधारणमा पनि अटेरी गर्ने प्रवृति मौलाउन थालेको स्थानीय बताउछन्। निषेधाज्ञाकै क्रममा परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद लावालस्कर सहित सडक, खानेपानी, भवन निर्माणजस्ता योजनाको उद्घाटनमा झण्डै एक साता व्यस्त रहनुभएको परशुराम नगरपालिकाले जनाएको छ।

    योजना अनुगमन र उद्घाटनका क्रममा लावालस्करसहित नगरप्रमुख आफैले निषेधाज्ञा उल्लङ्घन गर्नुभएकाले सर्वसधारणबाट अटेरी हुन थालेको परशुराम नगरपालिका–५ का परिगाउँका वीरबहादुर चन्दले गुनासो गर्नुभयो। शनिबार अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले वडा नम्बर २ को कार्यालय भवनको वृहत् समारोहकाबीच उद्घाटन गर्नुभएको छ। सो समारोहमा व्यापक जनसहभागिता रहको स्थानीय बताउँछन्।

    स्थानीयस्तरमा मात्रै नभई शनिबार परेको विश्व वातावरण दिवसका अवशरमा डिभिजन वन कार्यालय डडेल्धुराले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी घिमिरे दलबलसहित सहभागी हुनुभएको छ। सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टसहित जिल्लास्थित अधिकांस कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।

    वृक्षरोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी अधिकृतहरूदेखि ठूलो संख्यामा प्रहरी जवानहरूको सहभागिता थियो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको निषेधाज्ञाको उल्लङ्घन गर्दै सदरमुकाम नजिकै रहेको उग्रतारा मन्दिर परिसरमा व्यापक सहभागिताका साथ गरिएको वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।

    आफैंले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्दै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी घिमिरेले अन्य योजनाको अनुगमन गर्न गएको टिम पनि वृक्षरोपण कार्यक्रममा सहभागी भएकोले सहभागी संंख्या तोकिएकोभन्दा बढी भएको स्वीकार गर्नुभयो। उहाँले सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार र संरक्षणकर्मीहरू सहभागी भएकाले व्यक्तिको संख्या बढी भए पनि खुला क्षेत्र भएकाले भौतिक दुरी कायम गर्दै वृक्षरोपण गरिएको दाबी गर्नुभयो।

    डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल प्रमुख विष्णुप्रसाद आचार्यले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर वृक्षरोपण गरिएको बताउनुभयो। निषेधाज्ञाका कारण आम सर्वसाधारण घर भित्रै बस्न वाध्य भइरहेका समयमा सरोकारवाला निकायका प्रमुखहरू लावालस्करका साथ औपचारिक कार्यक्रममा सहभागी हुन थालेपछि सर्वसाधारणले विरोध जनाएका छन्।

    ग्रामीण क्षेत्रमा भीडभाडवाला कार्यक्रमका कारण कोरोना महामारीको संक्रमण फैलिरहेका समयमा अझै पनि भौतिक उपस्थितिका साथ विभिन्न समारोहको आयोजना हुन नछाडेको नेपाल नागरिक समाज डडेल्धुराका उपाध्यक्ष तेजराज भट्टले बताउनुभयो। उहाँले जिम्मेवार व्यक्तिबाटै निषेधाज्ञा उल्लङ्घन हुनु गम्भीर लापरवाही भएको जिकिर गर्नुभयो। निषेधाज्ञाका क्रममा भिडभाड र औपचारिक कार्यक्रमहरू सम्पन्न हुन थालेपछि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...

    पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

    पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका...

    मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

    काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका...

    परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

    काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न...