News Portal

राउन्ड टेबल-१५ द्वारा रंगेलीका अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण

हिमालीसंचार संवाददाता
५०२ पटक

रबिन्द्र बराल– माेरङकाे विराटनगरमा स्थापना भएको सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा दैनिकी ज्यालादारी मजदुर हरुकाे घरमा आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्ने हम्मेहम्मे परिरहेको सामयमा काेहि पनि भोकै बस्न बाध्य नपराे भन्दै राउन्ड टेबलले एक सय परिवारलाई अत्यावशक खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
रंगेली नगरपालिकाकाे वडा नम्बर ८ का सुकुम्बासी टाेल र ९ का अतिविपन्न एक यस घरपरिवार लाई खाधन्य सामाग्री बितरण गरिएको थियोे । राउन्ड टेबल १५ का अध्यक्ष कपिल अग्रवाल, संस्थाका सुमित अग्रवाल, अरुण माेदी, राजेश अग्रवाल ,राजेश शर्मा रंगेलीका समाज सेवि कमल राजवंशी लगायत काे उपस्थितिमा उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । राउनटेवलले प्रत्येक परिवारलाई १० केजी चामल, १ केजि दाल,२ प्याकेट भुजा, २ केजी आलु , आधा लिटर तेल र १ केजी नुन हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले विराटनगरका विभिन्न बडाहरुमा समेत अतिविपन्न परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...