News Portal

  • ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली कोभिड अस्पताललाई दोस्रो चरणको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा कोरोना भाइरस नियन्त्रण तथा व्याबस्थापनका लागि ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ।

    पछिल्लो समयमा विभिन्न संधसंस्थाहरु स्वास्थ्य सामग्री तथा नगद समेत सहयोग गर्दे आईरहेको छ । कोरोना पोजेटिभ भएका बिरामीहरुको उपचारमा केही सहयोग होस भन्ने उद्देश्यले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रंगेली शाखाले रंगेली कोभिड अस्पताललाई रकम हस्तान्तरण गरेको हो ।  ग्लोबलले रंगेली अस्पताललाई एक विशेष समारोहका बीच  नगद २५ हजार रुपैयाँ सहयोग  हस्तान्तरण  गरेको हो।

    मोरङको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेलाई वित्तीय संस्थाका शाखा प्रमुख कुन्दन कुमार यादवले नगद २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन । उक्त संस्थाले साता दिन अगाडि ईलाका प्रहरी कार्यालय रंगेलीलाई समेत सर्जिकल माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको यादवले बताए ।  

    यस शाखाले कोरोना न्यूनीकरण तथा ब्याबस्थापनका लागि यो विषम परिस्थितिलाई मध्यनजर राख्दै ईसेवाबाट बचत गर्ने र बित्तिय कारोबार समेत सुरु गरेको शाखा प्रमुख कुन्दन कुमार यादवले हिमाली संचारलाई जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...