News Portal

वरियता नमिलेर छोडेको हुँ, जिम्मेवारीबाट भागेको होइन : त्रिपाठी

हिमालीसंचार संवाददाता
३७१ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठी दोहोरिएनन्।

आफूभन्दा जुनियर तीन जना उपप्रधानमन्त्री बन्ने भएपछि आफू मन्त्री नबन्ने निश्कर्षमा पुगेको त्रिपाठीले हिमालीसंचारलाई जानकारी दिए। “वरियता नमिल्ने भएपछि के एउटा मन्त्रीको लोभ गरेर बसुँ भनेर बाहिरिएको हुँ,” स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहेका त्रिपाठीले भने, “कोभिड-१९ महामारीको जिम्मेवारीबाट भागेको चाहिं होइन।”

जनता समाजवादी पार्टीको एउटा पक्ष सरकारमा सहभागी हुनु पनि आफू बाहिरिनुको कारण नभएको त्रिपाठीको भनाइ छ। उनी भन्छन्, “चुनावको बेलादेखि एमालेसँग सहकार्य गर्दा मलाई गाली गर्नेहरू यो सरकारमा आउनु भनेको मेरो राजनीतिक र नैतिक जीत हो, त्यसमा असन्तुष्ट हुनुपर्ने कारण छैन।”

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...