धुजा धुजा भएको मनलाई सिलाउ कसरी
यत्रतत्र छरिएका छन् सपना मिलाउ कसरी
अदृस्य भएर जाऊ भन्छौ अन्तै कतै तिमी
तिमीले भन्नासाथ सजिलै म विलाउ कसरी
तिमी त विवश प्रेमी बनेर पो आएका रहेछौ
विबस्तै विबस्थामा पो माया लाएका रहेछौ
म त सोच्दै थिए तिम्ले मजाक गर्दैछौं भनेर
मिलन मै बिछोड हुन्छ थाहा पाएका रहेछौ
जिन्दगीलाई सकेसम्म मिलाउँदै लान पर्छ
चर्किएको मन् बीचमा सिलाउँदै जान पर्छ
यस्तै हो प्यारी आफूले सोचेजस्तो हुन्न रैछ
परेलीको आँसु आँखैभित्र विलाउँदै जान पर्छ
रुपा गौतम
निजगढ बारा