News Portal

रौतहटमा प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट

हिमालीसंचार संवाददाता
४७३ पटक

रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ।

यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि यसबारे प्रहरीले सोधखोज गरेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले करिब ४५ वर्षका राजदेव गिरीले १९ वर्षका विकास पासवानलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

पासवानमाथि लठ्ठीले पिँडुला, ढाड लगायतमा कुटपिट गर्दा गाउँलेहरू भने, हेरिरहेका थिए। यो घटनाबारे बुझ्न प्रहरीले दुवै जनालाई कार्यालयमा बोलाएको छ। ‘युवतीलाई प्रेमपत्र पठाएको विषयमा कुटपिट भएको भन्नेछ। हामी थप बुझ्दैछौं,’ उनले भने।

पासवानले राजदेवकी छोरीलाई भने, प्रेम पत्र पठाएका थिएनन्। ‘कुट्ने मान्छेकै छोरी होइन। अर्कैकी छोरीलाई पठाएको हो। अलि जान्नेमान्ने गाउँका नेता खालका मान्छे रहेछन्,’ उनले भने, ‘कुटपिटबाट युवकको शरीरमा निलडाम बसेको छ।’ प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...