News Portal

  • हङकङ नेपाली महासंघ हङकङले २ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्या सामाग्री नेपाल पठाउने

    हिमालीसंचार संवाददाता
    ३८९ पटक

    युवा राई/हङकङ – कोरोना भाइरसको दोस्रो लहरको असरले नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने करिब सयौ जनाले ज्यान गुमाउनु परिरहेको छ। यो पिडामा हङकङका नेपालीले २ सय थान अक्सिजन कन्सन्ट्रेटर साथै अन्य स्वास्थ्य सामाग्री नेपाल पठाउने भएका छन् । 

    गत २९ तारिख शनिवार साँझ मङककको नाथन सेन्टर ५८० नाथन रोड स्थित महासंघको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर एक प्रेस विज्ञप्ति जारी गर्दै “हेल्प नेपाल फाइट एगेन्स्ट कोभिड-१९ क्यामपेन” भन्ने नाराका साथ महासंघले कोरोना न्यूनीकरण तथा व्याबस्थापनका लागि हङकङमा रहेका नेपालीहरु समक्ष सहयोगको लागि अपील गरेको हो। 

    हेल्प नेपाल अभियानको पहिलो चरणमा महासंघले न्युनतम २ सय थान अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउने योजना रहेको छ। अक्सिजन सिलिक्ण्डरको अभाव हुदै गरेको अवस्थामा अक्सिजन बनाउने यो मेसिन सर्वसाधारण जनताको जीवन रक्षाको महत्वपूर्ण विकल्प रहेको हुदा उक्त उपकरण जीवन उपयोगी हुने संधले जनाएको छ।  

    कोरोना भाइरसको दोस्रो लहरले नेपालमा अक्सिजन अभावका कारण सर्वसाधारण अकालमा मृत्युवरण गरिरहेका छ्न। अत  अहिलेको स्थितिमा अक्सिजन कन्सेन्ट्रेटरले धेरैको उपयोगी साथै सर्वसाधारणका लागि जीवन रक्षा गर्ने भएकोले पहिलो चरणमा कन्सेन्ट्रेटर पठाउने कुरा अभियानका संयोजक रिता गुरुङले बताए।

    सोर्स एक्सन “Sowers Action” नामक एनजीओसंगको सहकार्यमा संचालित यो अभियान न्यूनतम २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर यथाशीघ्र  एयर कार्गो मार्फत नेपाल पठाउने जानकारी दिईन्।

    नेपाली महावाणिज्य दूतावास हङकङको सहजीकरणमा देशको नेपालको ७७ जिल्लाको सरकारी अस्पतालहरुमा कन्सन्ट्रेटरहरु वितरण गरिने लक्ष्य रहेको उक्त प्रेस मिटमा महासंघकी सल्लाहकार तथा अभियान संयोजक रिता गुरुङले बताएकी हुन्।

    अभियानको दोस्रो चरण अन्तर्गत महावाणिज्य दूतावास हङकङ मार्फत नेपाल सरकारले तय गरेको माग सुची अनुसारका विभिन्न  स्वास्थ्य सामाग्री तथा राहत जनित वस्तुहरु नेपाल पठाउने भएको हो।

    महासंघले सोअर्स एक्सन सोएर्स संगको सहकार्यमा डोनेसन संकलन गर्नको निम्ति जुन महिनाभरी च्यारिटी वाक गर्ने भएको हो। दातृ संस्था सोर्स एक्सनले दिएको २०० थान अक्सिजन कन्सन्ट्रेटर तयारी अबस्थामा रहेको भएता पनि ढुवानी खर्च जुटाउनु पर्ने दायित्व हामीसंग छ त्यसैले मातृभूमि प्रति माया दर्साउने हङकङका संघसंस्था, समाजसेवी, व्यापारी, लगायत हङकङबासी समस्त नेपालीहरुमा महासंघका अध्यक्ष टंक रानाले पत्रकार सम्मेलन मार्फत आर्थिक सहयोगको लागि सबैलाई अनुरोध गरेका थिए ।

    “समस्यामा परेका नेपालीहरुलाई राहत प्रदान एवं उद्वार गर्नु मानवीय कर्तव्य हो । तसर्थ यस पवित्र अभियानलाई सफल पार्न यहाँहरु संपूर्णलाई आ-आफ्नो तहबाट आर्थिक सहयोग संकलनमा सहभागिता जनाइ यस बारेमा जानकारी सम्प्रेषण गरिदिनुभइ हातेमालो गरिदिन हुन हङकङ नेपाली महासंघ हार्दिक अपिल गर्दछ” विज्ञप्तिमा भनिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...