News Portal

हङकङमा नेपाल फाइनान्सको ९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३५९ पटक

युवा राई/हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा कोभिड–१९ को महामारीका बीच पनि सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्दै ९ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो ।

बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा फाइनान्सका महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार ५० जना सेयर धनी रहेको फाइनान्सको सेयर धनी पूँजी १३ मिलियन हङकङ डलर सहित गरी हाल कुल पूँजी ६२ मिलियन हङकङ डलर रहेको छ । आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले विभिन्न ऋणहरु प्रवाह गर्दै आएको फाइनान्सले सन् २०२०/२०२१ सालमा सम्पूर्ण खर्च कटाएर ११ लाख डलर खुद मुनाफा आर्जन गर्दै सम्पूर्ण सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गरेको हो ।

नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदय बहादुर रानामगर रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, गैरआवासीय नेपाली संधका अध्यक्ष टिका गुरुङ, च्याम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार लगायतको उपस्थिति रहेका थियो ।

आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय गानको धुनसंगै अतिथिहरुद्धारा स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा अतिथिहरुद्धारा शुभकामना मन्तव्य राख्दै हङकङबासी नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापारको क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै सम्पूर्ण टिमको प्रशंसा गरेका थिए ।

सन् २००७ सालबाट स्थापित भएता पनि सन् २०११ सालबाट सक्रिय रुपमा कारोबार गर्दै सन् २०१३ सालबाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था नेपाल फाइनान्सले हाल हङकङमा रियल स्टेट, अल्फा रेमिट्यान्स, बगैचा तथा हेल्लो किचन रेष्टुरेण्ट संचालनमा ल्याउनुका साथै निकट भविश्यमा नेपालमा समेत लगानी गर्ने उदेश्यका साथ अगाडी बढिरहेको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...