News Portal

  • लुथरन सामुदायिक कल्याण समाजले झापा तथा मोरङमा स्वास्थ्य सामग्री वितरण

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    रबिन्द्र बराल/मोरङ – कोभिड–१९ जोखिम न्युनीकरणका लागि मोरङ तथा झापाको क्वारेन्टाइन सेन्टर तथा प्रहरी चौकीहरुलाई लुथरनद्वारा ७ लाख बराबरको स्वास्थ्या सामग्री वितरण गरेको छ।

    हाल नेपालमा कोरोना भाइरसको दोश्रो लहरको महामारीले आक्रान्त पारेको अवस्था छ । यसै सन्दर्भमा कोभिड–१९ को संक्रमण जोखिम न्युनीकरण तथा रोकथामका लागि लुथरन सामुदायिक कल्याण समाजले झापा तथा मोरङ् जिल्लामा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । मोरङ जिल्लाको रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका तथा जहदा गाउँपालिका र झापा जिल्लाको कमल गाउँपालिका तथा शिवशताक्षी नगरपालिका क्षेत्रमा संचालनमा रहेको क्वारेन्टाई सेन्टरहरुका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो । 

    लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजले रु. ७ लाख बराबरको कोभिड–१९ प्रतिकार्यका लागि सहयोग वितरण गरेको हो । नगरपालिका तथा गाउँपालिका स्तरमा संचालनमा रहेको क्वारेन्टाईन सेन्टरहरुको प्रयोजनका लागि ११० थान पीपीई सेट, १७० थान एन्टीजेन किट, २४० थान भीटीएम सेट, १ थान इलेक्ट्रिक स्यानीटाइजर डिस्प्यान्सन, ३९०० पिस सर्जिकल मास्क, ५६ लिटर स्यानिटाईजर, १८ प्याकेट पञ्जा, ६ थान अक्सिमिटर, ६ थान भ्यापोराईजर तथा ६ थान थर्मल गन सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । 

    त्यसै गरि  फ्रन्टलाईनमा अहोरात्र खटिरहेका प्रहरी चौकीहरुलाई पनि सर्जिकल मास्क, स्यानिटाइजर तथा पञ्जाहरु उपलब्ध गराईएको छ । मोरङ जिल्लाका प्रहरी चौकी मझारे जहदा, प्रहरी चौकी कर्सिया धनपालथान, अस्थायी प्रहरी चौकी बेतौना धनपालथान, नगर प्रहरी चौकी रंगेली, प्रहरी चौकी सुनवर्षी तथा झापा जिल्लाको प्रहरी चौकी तोपगाछीलाई कोभिड–१९ को जोखिम न्युनीकरणका लागि सहयोग सामग्री वितरण गरिएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...