आज : २०२६-०६-१३, शनिबार

रतुवामाईमा मकै बारीमा एक युवाकाे लास

रबिन्द्र बराल मोरङकाे -रतुवामाई नगरपालिका २ डारीया स्थित राजबंशी चाेक दस गज्जा नजिकै मकै बारीमा युवाकाे लास फेला परेको छ ।

अन्दाजी २२/२३ बर्षकाे कोलो बर्ण देखिने कालो भेष्ट, कालो सेतो मिसिएको हाफपाईन्ट लगाएको आँखामा हरियो कपडाको पट्टी बाधिएको घोप्टो अवस्थामा पुरुष मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।
समचार तयार पार्दा सम्म लासकाे पहिचान हुन सकेको छैन थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।