News Portal

फेरी खुवालुङ माथी धावा; कुनै पनी हालतमा खुवालुङ फुटाउन नदिने-किरात राई यायोक्खा

“खुवालुङ” किरात समुदायको मुन्दुमी आस्थाको केन्द्र मात्र नभएर महत्वपूर्ण सांस्कृति केन्द्र पनी हो”

हिमालीसंचार संवाददाता
४६१ पटक

काठमाण्डौ – किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खाले भर्खरै नेपाल सरकारले जारी गरेको आर्थिक बर्ष २०७८/७९ सालको बजेट भाषणको ३०४ नम्बरमा कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलयातायात संचालन गर्न जलमार्गमा रहेको अवरोध हटाईने छ’ वाक्यांश प्रति आफ्नो ध्यानकार्षण भएको जनाएको छ।

किरात राई यायोक्खाले एक विज्ञप्ति मार्फत “खुवालुङ” समग्र किरात समुदायको मुन्दुमी आस्थाको केन्द्र रहेको उल्लेख गर्दै आफ्नो महत्वपूर्ण सांस्कृति केन्द्र रहेको हुनाले राज्यका तीन तहका निकायाहरुलाई लिखित जानकारी समेत गराई सकेको उल्लेख गरेको छ। 

गत फागुण ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी नदीमा रहेको “खुवालुङ” क्रेन लगाई फुटाउने, नष्ट गर्ने सार्वजनिक भाषण दिएपछि चौतर्फी रुपमा सरकारको आलोचना भएको थियो। विश्वभरका किरात समुदायले प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति चर्को विरोध भएको थियो। 

गत चैत्र १७ गते किरात राई यायोक्खा, सरोकारवाला निकाय लगायद प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको संयुक्त टोलीले खुवालुङको स्थलगत अध्ययन अवलोकन गरेर प्रविधिक सबै दृष्टिकोणले जस्ताको त्यस्तै खुवालुङ राखेर अन्य स्थानबाट जलमार्ग निर्माणगरी जलयातायात संचालन गर्न सकिने प्रशस्तै आधार सहितको विकल्प भएको हुनाले मुख्यमन्त्री शेरधन राईले “खुवालुङ” संरक्षण गर्ने सार्वजनिक प्रतिवद्धता जानाएका थिए।

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका अध्यक्ष दिवस राई र महासचिव जनक राईद्वारा संयुक्त रुपमा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ; “किरातीहरुको पवित्र सांस्कृतिक स्थल खुवालुङलाई अवरोधको रुपमा लिएको हो वा होइन यसबारे स्पष्ट पार्नका लागि सरकारसंग माग गर्दछौ, यदि खुवालुङलाई पनी इंगित गरेको भए खुवालुङलाई यथावत अवस्थामै राखेर कोशी नदिको जलयात्रा संचालन गर्न सकिने प्रशस्तै विकल्प भएको हुनाले सोही विकल्प अनुरुप काम गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदै खुवालुङ नष्ट गर्न कुनै पनी हालतमा नदिईने प्रष्ट पार्न चाहान्छौ।”

किरात राई यायोक्खाद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ; “नेपालकै प्राचीन सांस्कृतिक सम्पदा खुवालुङको संरक्षण र प्रवद्धनका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदै खुवालुङ नष्ट गर्ने कदम चालिए सरोकारवाला समुदाय र नागरिक समाजको तर्फबाट बृहत संधर्ष अगाडि बढाईने स्पष्ट पार्दै खुवालुङको संरक्षणका लागि संधर्ष गर्दै आएका सम्पूर्ण संस्थाहरु, सरोकारवाला समुदाय र नागिरक समाज प्रति आभार समेत व्यक्त गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...