News Portal

एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्र नेपाललाई सहयोग

हिमालीसंचार संवाददाता
४२२ पटक

क्यानाडा– क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरेका छन् । 

अभियन्ता विकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ्या संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि क्यानाडाबाट नेपालीहरु मिलेर सानो सहयोग उपलब्ध गराएको अभियन्ता सरोजबाबू मल्लले बताएका छन् ।

एडम्टनमा कार्यरत नेपालीहरुले फेसबुक म्यासेन्जरमा राष्ट्रिय आविष्कार सहयोग ग्रुप बनाएर स्वतस्फूर्त सहयोग संकलन गरेर छोटो अवधिमा आर्थिक सहयोग गर्न सकेकोमा अभियानमा योगदान गर्ने सबैलाई अनुसन्धाता महावीर पुनले आभार व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...