News Portal

एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्र नेपाललाई सहयोग

हिमालीसंचार संवाददाता
३६७ पटक

क्यानाडा– क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरेका छन् । 

अभियन्ता विकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ्या संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि क्यानाडाबाट नेपालीहरु मिलेर सानो सहयोग उपलब्ध गराएको अभियन्ता सरोजबाबू मल्लले बताएका छन् ।

एडम्टनमा कार्यरत नेपालीहरुले फेसबुक म्यासेन्जरमा राष्ट्रिय आविष्कार सहयोग ग्रुप बनाएर स्वतस्फूर्त सहयोग संकलन गरेर छोटो अवधिमा आर्थिक सहयोग गर्न सकेकोमा अभियानमा योगदान गर्ने सबैलाई अनुसन्धाता महावीर पुनले आभार व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...