रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका कोरोना संक्रमितको संख्या धट्दै गएपछी रंगेली नगरपालिकाले २ दिनका लागि बजारलाई खुकुलो बनाएको छ। सिएमसिको बैठकले आईतबार विहानदेखि सोमबारसम्मका लागि बिहान १० बजेसम्म अति आवश्यक सामान खरिदका लागि खुकुलो बनाएको हो।
बैठकले वडा नं. ४,५,६ र ७ सिल हटाएको छ । निषेधाज्ञालाई भने जारी राख्ने समेत निर्णय गरेको छ । कोरोना व्यवस्थापन केन्द्रको बैठकले ९ वटै वडामा लागु हुने गरी सो निर्णय गरेको हो । १७ गते जिल्लामा बस्ने बैठकको निर्णय बमोजिम थप निर्णय लिने भएको छ ।
फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने र सडक पेटीमा साग सवजि बिक्री गर्ने दिईने र किसानलाई कृषि सामाग्री ओसार पोसारका लागि १० देखि १२ बजेसम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खोल्न् निर्णय समेत गरेको छ ।