News Portal

  • सशस्त्र बल बलडङ्गाले ठुलो मात्रामा ट्रक सहित डिजल बरामद

    “ नेपाल प्रहरी र तस्करहरुको मिलेमतोमा सिमा क्षेत्रमा तस्कर”

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    रबिन्द्र बराल/मोरङ – नेपालमा कोरोना दोस्रो लहर चलिरहेको समयमा मुलुकभर लकडाउन तथा निषेधाज्ञा कडाई गरिएको छ। भारत तर्फको सिमावर्ती क्षेमामा नेपाल प्रहरी र तस्करीहरुको  साटगाटमा ठुलो मात्रामा डिजल र पेट्रोल भारत तर्फ तस्करी भइरहेको छ।

    पछिल्लो समयमा सिमाक्षेत्रमा कोरोना संक्रमण आउन सक्ने भन्दै भारत तर्फको सिमाक्षेत्रमा कडाई गरेको भए पनी यति ठुलो परिमाणमा डिजल तस्कर हुने गरेको पाईएपछि नेपाल प्रहरीहरुसंगै ठुलै साटगाटमा तस्करी हुने गरेको हुन सक्ने देखिन्छ। 

    मोरङको रतुवामाई नगरपालिका-४ स्थित पैयामरी झुर्किया सडक खण्डबाट सशस्त्र प्रहरी बिओपी बल्डङ्गाले टुटन ट्रक सहित ४६ सय लिटर डिजल बरामद गरेको छ। गत शनिबार बिहान नेपालबाट अबैध रुपमा भारत तर्फ डिजल र पेट्रोल लैजादै गरेको मे १ ख १५०९ नम्बरको टुटन ट्रक चेक जाँच गर्ने क्रममा ट्रकमा २ सय लिटर अट्ने ड्रम्ममा २२  ड्रम डिजर र एक ड्रम पेट्रोल सहित सशस्त्र प्रहरीले ट्रक सहित बरामद गरेको छ ।  

    पूर्वाञ्चलका ईटहरी, उर्लाबारी लगायदका पेट्रोल पम्पहरुबाट डिजल तथा पेट्रोल ल्याएको हुन सक्ने स्थानीयले बताएका छन् । भारतमा डिजल आईसी ९० रुपैयाँ प्रतिलिटर अर्थात नेपाली रुपैयाँ १ सय ४४ रुपैयाँ प्रतिलिटरमा बिक्रीवितरण हुने गरेको छ।  नेपालमा भने प्रतिलिटर १ सय २ रुपैयाँ प्रतिलिटर खरिद गरेर अबैध रुपमा  भारतमा विक्री गर्दा सोही डिजल प्रतिलिटर ४० रुपैयाँ सम्म फाईदा हुने भएकाले तस्करी गरेर भारत तर्फ लैजाने गरेको व्यापारीहरु बताउँछन् । 

    बरामद गरिएको डिजल आमबारी चोक र कपर्सुकामा घानको काँटा संचालन गर्दा आएका चिरंन्जिवि खतिवडाको प्रहरीले जनाएको छ ।  सशस्त्र  बल बिओपी बल्ड्ङ्गाका प्रहरी निरिक्षक सुक बहादुर तामाङका अनुसार बरामद गरिएको सामान विराटनगर स्थित सशस्त्र प्रहरीको गणमा लगिएको बताए । आन्दाजी मुल्य डिजल र गाडी सहित ९ लाख रुपैयाँ बराबरको रहेको छ । सशस्त्र प्रहरीका एसपी तिर्थ पौड्यलका अनुसार सो सामान विराटनगर भन्सार कार्यालयमा बुझाईने बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...