News Portal

  • निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा विवाद, मेयरले गराए प्रहरीको मापसे चेक

    हिमालीसंचार संवाददाता
    ६५१ पटक

    हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्।

    बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको मोतिपुरमा खुला रहेका पसलहरुलाई बन्द गराउने क्रममा ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रेवन्त बोहरालाई नगर प्रमुख महादेव बजगाईंले हपारेर कालोमोसो लगाउने धम्की दिएका थिए। त्यस क्षेत्रमा रहेको एउटा मोबाइल पसल सधैं खुला रहने गरेको गुनासोपछि त्यहाँ पुगेको प्रहरी टोलीले पसल बन्द गराउन खोज्दा मेयर बजगाईंले प्रहरीलाई हप्काएका थिए।

    ‘प्रहरीले मेयर हुन् भनेर नचिन्दा दोहोरो विवादसमेत भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘प्रहरीले तत्काल सबै पसल बन्द गर्न भनेपछि मेयर प्रहरीमाथि जाइलागेका हुन्। मेयरले आतंक मच्चाउने प्रहरीलाई कालोमोसो दल्नुका साथै टाउको फुटाउनेसमेत धम्की दिए। एउटा पसलको बाहिर हाफ पाइन्ट र भेस्ट लगाएर मुखमा माक्स लगाएर बसेका मेयरलाई प्रहरीले चिनेन।’

    मेयरले आफू भएको ठाउँमै आफ्नो महत्व नदिएकोले प्रहरीलाई आक्रोश पोखेको बुझिएको छ। त्यहाँ मेयर रहेको र मेयरसँग प्रहरीको विवाद भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालयका ईन्चार्जले प्रहरी टोलीलाई ‘ब्याक’ गराएका थिए।

    त्यतिमात्र होइन प्रहरीप्रति आक्रोशित मेयरले प्रहरीको मापसेसमेत चेक गर्न लगाए। स्थानीय अस्पतालमै चेक गर्दा मदिरा सेवन गरेको नदेखिए पनि मेयरले प्रहरीले मदिरा सेवन नै गरेको दावी गरेपछि ती प्रहरीलाई परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएको थियो तर त्यहाँ परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ (मदिरा सेवन नगरेको) आएको थियो।

    ईलाका प्रहरी कार्यालय लम्कीका ईन्चार्ज प्रहरी निरीक्षक भरत शाहले निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीले मेयरलाई नचिन्दा सामान्य विवाद भएको बताए। उनले भने, ‘मेयर साप सधैं प्रहरीलाई सहयोग गर्ने मान्छे हो तर त्यहाँ किन रिसाउनु भयो थाहा भएन।’

    त्यो क्षेत्रमा एउटा मोबाइल पसल सधैं खुला हुन्छ भन्ने गुनासोपछि प्रहरी टोली त्यहाँ गएको उनले बताए। त्यस घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयबाट छानविन टोलीसमेत गठन गरिएको प्रहरी निरीक्षक शाहले बताए।

    नगरप्रमुख बजगाईंले प्रहरीको व्यवहार देखेर आफूलाई रिस उठेको दावी गरे। उनले निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन गर्न आफूले पनि अपिल गरिरहेको तर प्रहरीको शैली राम्रो नभएकाले विवाद भएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...