News Portal

धरानमा धरेलु हतियारधारी समुहले प्रहरी माथि आक्रमण, प्रहरी चौकी तोडफोट

“तीन जना प्रहरी घाइते, दुई जना आक्रमणकारी प्रहरी नियन्त्रणमा“

हिमालीसंचार संवाददाता
४३५ पटक

धरान – बिहीबार साँझ धरान-१५ स्थित बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे। उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी अर्को धरेलु हतियारधारी समूहले उजुरी गर्न आउने साथी माथी अन्धाधुन्ध खुकुरी प्रहार गरे । उनीहरूले त्यहाँ आइपुगेको दुई युवालाई खुकुरी प्रहार गर्दा चौकीका प्रमुख असई सुमन दाहालले रोक्न खोज्दा उनी काटिन पुगे ।

उनीसँगै प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमराज राईले जानकारी दिए । असई दाहालको देब्रे हातमा गम्भीर चोट लागेकोले उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने युवाहरू प्रहरी चौकीमा दुई युवालाई खोज्दै मोटरसाइकलमा आइपुगेका थिए । बाजगराका अस्थायी प्रहरी चौकीमा ४ जना मात्रै प्रहरी रहेको चौकीमा उनीहरूले तोडफोड गर्दै सजिलै फरार भए । उनीहरूले चौकीको झ्यालको सिसा फुटाएका छन् । प्रहरीले आक्रमण गर्नेलाई भने यो समाचार तयार पारुन्जेल सम्म पक्राउ गर्न सकेको छैन।
आफूहरूलाई धम्की दिएको भन्दै प्रहरी चौकी पुगेका दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी निरीक्षक राईका अनुसार अहिले फरार भएकाहरूको खोजी र अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...