News Portal

मकाउमा २५६५ औ बुद्ध जयन्तिको अबसरमा मकाउ स्थित गुम्बामा पुजा सम्पन्न

हिमालीसंचार संवाददाता
५२८ पटक

मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति मनाएका छन् ।

आज विहान ९ बजे पुजाको निर्धारित समयमा उपस्थितिको लागि चार संस्थाले अनुरोध गरेका थिए। विहान मौसममा परिवर्तन हुदा केही समस्या भए पनी संस्थाका सदस्यहरु भेला भइ आफ्नो परम्परा अनुरुप पुजा आराधाना सम्पन्न गरेको गुरुङ “तमु” संध मकाउको अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) हिमाली संचारसंगको कुराकानीमा जानकारी दिए।

मकाउको स्थानीय बुद्ध गुम्बामा बुद्धजयन्तिको अबसरमा पुजाको लागि भेला भएका मानुभावहरुका लागि खाजा पानीको लागि गुरुङ “तमु” समाज मकाउका अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) आफ्नो तर्फबाट व्याबस्था गरेको समेत अध्यक्ष गरुङले जानकारी दिए। आज साझ ६:०० बजेदेखि १०:०० बजेसम्म ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा शुभकामना आदान प्रदान सहित रात्रि भोज कार्यक्रम रहेको छ।   त्यस्तै, आज उभौली साकेला चाड परेको हुदा किरात समुदायले विश्वभर आफ्नो पम्परा अनुरुप भूमि पुजा गर्ने परम्परा रहेको छ। मकाउमा संगठीत किरात राई यायोक्खा मकाउले आज साझ ५ बजे नेपाली रेष्टुरेन्ट हिमालय हाउस ताईपा स्थित भूमि पुजा गर्ने कार्यक्रम रहेको किराया मकाउका अध्यक्ष राकेश राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...