News Portal

मकाउमा २५६५ औ बुद्ध जयन्तिको अबसरमा मकाउ स्थित गुम्बामा पुजा सम्पन्न

हिमालीसंचार संवाददाता
५५९ पटक

मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति मनाएका छन् ।

आज विहान ९ बजे पुजाको निर्धारित समयमा उपस्थितिको लागि चार संस्थाले अनुरोध गरेका थिए। विहान मौसममा परिवर्तन हुदा केही समस्या भए पनी संस्थाका सदस्यहरु भेला भइ आफ्नो परम्परा अनुरुप पुजा आराधाना सम्पन्न गरेको गुरुङ “तमु” संध मकाउको अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) हिमाली संचारसंगको कुराकानीमा जानकारी दिए।

मकाउको स्थानीय बुद्ध गुम्बामा बुद्धजयन्तिको अबसरमा पुजाको लागि भेला भएका मानुभावहरुका लागि खाजा पानीको लागि गुरुङ “तमु” समाज मकाउका अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) आफ्नो तर्फबाट व्याबस्था गरेको समेत अध्यक्ष गरुङले जानकारी दिए। आज साझ ६:०० बजेदेखि १०:०० बजेसम्म ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा शुभकामना आदान प्रदान सहित रात्रि भोज कार्यक्रम रहेको छ।   त्यस्तै, आज उभौली साकेला चाड परेको हुदा किरात समुदायले विश्वभर आफ्नो पम्परा अनुरुप भूमि पुजा गर्ने परम्परा रहेको छ। मकाउमा संगठीत किरात राई यायोक्खा मकाउले आज साझ ५ बजे नेपाली रेष्टुरेन्ट हिमालय हाउस ताईपा स्थित भूमि पुजा गर्ने कार्यक्रम रहेको किराया मकाउका अध्यक्ष राकेश राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...