रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाले संचालन गर्दै आएको अमरदह-२ स्थित स्थापना गरिएको आईसोलेशन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई लायन्स क्लब अफ रंगेलीद्वारा सुनवर्सी आईलोसेसन सेन्टरलाई पिपिई हस्तान्तरण गरिएको छ ।
लाईन्स क्लव रंगेलीले ५ थाप पिपिई सेट हस्तान्तरण गरेको लायन्स क्लब रंगेलीका अध्यक्ष ईन्जिनियर कम्लेश्वर ठाकुरले बताए । लायन्स क्लव अफको समन्वयमा अभियानले स्वास्थ्य सामाग्री लायन्सका रेवत बहादुर कार्कीले उपलब्ध गराउनु भएको ठाकुरले बताए ।
उक्त कार्यक्रम्मा सुनवर्सी सहयोग अभियानका अभियन्ता धिरेन्द्र साह तथा बीरेन्द्रकुमार साहले यस अघि पनि हामिले सुनवर्सी युवा क्लबको सहकार्यमा सुनवर्सी नगरपालिका भरिको स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण गरेको बताए ।