News Portal

  • संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवाको अपील

    हिमालीसंचार संवाददाता
    ७५३ पटक

    काठमाण्डौ – संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेको निष्कर्ष सहित यसविरुद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन्।

    शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकाल्दै उक्त अपील गरेका हुन् ।मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टामै संसद विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको भएको खण्डमा उक्त अपील गरिएको भनिएको छ। 

    प्रतिनिधिसभा विघटन गरी उत्पन्न राजनैतिक संकटले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा साथै विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको पनि नागरिक अगुवाहरुले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको दाबी गर्ने समूहले पनि त्यो प्रक्रिया संसदभित्रै अभ्यास गरिनुपर्ने पनि वक्तव्यमा उल्लेख छ ।

    संसद विघटन गर्ने प्रतिगामी कदमबाट प्राप्त उपलब्धिहरु समेत धरापमा परेको अपीलमा उल्लेख छ । तर लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा सधैं पराजित हुने गरेको पनि नागरिक अगुवाहरुले बताएका छन् ।

    ‘लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा विरुद्ध नेपाली जनताले सधैं साहसपूर्ण प्रतिकार गरेका छन् र यसलाई हमेसा पराजित गरेका छन् । अहिले फेरि हामी सम्पूर्ण नागरिकहरु एकपटक जुट्नुपर्ने बेला आएको छ,’ वक्तव्यमा उल्लेख छ । अपीलमा विघटन गरिएको संसद सर्वोच्च अदालतबाट फेरि पुनस्र्थापित हुने आशा समेत गरिएको छ ।

    नागरिक समाजको अपीलमा अरुणा उप्रेती, कृष्णप्रसाद पौडेल, पिताम्बर शर्मा, बिन्दु शर्मा, दीपेन्द्र क्षेत्री, नारायण ढकाल, महेश मास्के, सुदीप श्रेष्ठ, शरद वन्त, श्याम श्रेष्ठ, सोमत घिमिरे र हरि रोकाले हस्ताक्षर गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...

    थापाथलीमा ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

    काठमाडौं, कात्तिक १६ – काठमाडौं महानगरपालिकाले आइतबार थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउने अभियान थालेको छ।...

    आज २०८२ साल कार्तिक १६ गतेको राशिफल

    आज कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

    धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि...