News Portal

गुरुङ ‘तमु’ समाज मकाउले संस्थापक अध्यक्ष स्व. गुरुङको सम्झनामा दिप प्रज्वलन

हिमालीसंचार संवाददाता
६७१ पटक

मकाउ – मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा आज विहान ९:०० बजे दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्।

विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत गुरुङ छुट्टीमा नेपाल गएका थिए। कोरोना भाइरसका कारण लकडाउन हुदा मकाउ फर्कन नपाएका गुरुङको दुबै मृगौलामा समस्या देखा परेको थियो। यही लकडाउनका कारण सहज रुपमा अस्पताल चेकजाच गरी उपचार गराउन नपाएका गुरुङको अस्पताल लाने क्रममा बाटोमा निधन भएको गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) हिमाली संचारसंगको कुराकानीमा जानकारी दिए।

स्याङजा फेदिखोला गाउपालिका आक्राङमा विस २०२७ सालमा जन्मेका गुरुङ हाल पोखरा पात्द्री विरौटा-१७ स्थायी रुपमा बसोबास गर्दै आएका गुरुङको गत विस २०७८ बैशाख ३१ गते पोखरा स्थित आफ्नै निवासदेखि अस्पताल लाने क्रममा बाटोमै निधन भएको हो ।

अवकास प्राप्त भूपु भारतीय सेना समेत रहेका गुरुङ आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचान प्रति सचेत थिए। गुरुङ ‘तमु’ समाज मकाउले आफ्नो अभिवक गुमाएको प्रति समाजका अध्यक्ष लिल बहादुर गुरुङ (गोरे)  दु:ख ब्याक्त गरेका छन्। 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...