News Portal

नेविसंघका अध्यक्ष कठायतद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३९१ पटक

बझाङ – बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखा सचिव ललित बहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन।

विपि कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह-सचिव समेत रहेका युवा नेता कठायतले जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरुलाई स्यानिटाइजर र मास्क वितरण गरेका छन। उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा फन्टलाइनमा खटि सुरक्षा दिरहेका सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य सामाग्री वितरण गरिएको बताए।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन। तर, नेविसंघका नेता कठायतले आफ्नो जन्मदिनमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री दिएर मनाएका छन।

कठायतले आफ्नो जन्मदिनको दिन विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताए। स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले नेता कठायतलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...