News Portal

मोरङको रंगेलीमा घरेलु हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

“मृतक अनितालाई घरेलु हतियार प्रयोग गरी हत्या गर्ने आफ्नो देवर हुन्”

हिमालीसंचार संवाददाता
४८८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित रंजनीका १९ वर्षीय बिनोद यादवलाई भाउजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

मोरङ जिल्लाको रंगेली नगरपालिका-३ स्थित तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको घाँटीमा धारीलो हत्यार प्रयोग गरी हत्या गरेको थियो। प्रहरीले घटना भएको २४ घण्टा नबित्दै अपराधीलाई पक्राउ गर्ने सफल भएको छ। रंगेली प्रहरीले मृतक स्वयम् कै देवर बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो घरेलु हतियार “दाउले” घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

हत्या यसरी भएको थियो 

बिनोदले हत्या गरेको थाहा हुने देखेपछि उनले रगत लतपतिएको दाउ पानीले धोएपछि घरमा राखे । रातिसम्म अनिता घर नआएपछि उनका श्रीमान् बेचन श्रीमती खोज्न हिँडे । बिनोद पनि भाउजु खोज्न दाजुसँग गएका थिए । 

उनीहरूले रातभरी अनितालाई नेभेटेपछि बिनोद राति घर गई सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भएका थिए।  हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...