News Portal

मोरङको रंगेलीमा घरेलु हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

“मृतक अनितालाई घरेलु हतियार प्रयोग गरी हत्या गर्ने आफ्नो देवर हुन्”

हिमालीसंचार संवाददाता
४७० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित रंजनीका १९ वर्षीय बिनोद यादवलाई भाउजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

मोरङ जिल्लाको रंगेली नगरपालिका-३ स्थित तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको घाँटीमा धारीलो हत्यार प्रयोग गरी हत्या गरेको थियो। प्रहरीले घटना भएको २४ घण्टा नबित्दै अपराधीलाई पक्राउ गर्ने सफल भएको छ। रंगेली प्रहरीले मृतक स्वयम् कै देवर बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो घरेलु हतियार “दाउले” घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

हत्या यसरी भएको थियो 

बिनोदले हत्या गरेको थाहा हुने देखेपछि उनले रगत लतपतिएको दाउ पानीले धोएपछि घरमा राखे । रातिसम्म अनिता घर नआएपछि उनका श्रीमान् बेचन श्रीमती खोज्न हिँडे । बिनोद पनि भाउजु खोज्न दाजुसँग गएका थिए । 

उनीहरूले रातभरी अनितालाई नेभेटेपछि बिनोद राति घर गई सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भएका थिए।  हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...