News Portal

मोरङका सुनवर्सी युवा संजालद्धारा स्वास्थ्य सामाग्री वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४१५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका भित्रका युवाहरुले स्थापना गरेका सुनवर्सी संजालले सुनवर्सी नगरपालिका क्षेत्रमा रहेर पहिलो लाइनमा कार्यरत नेपाल प्रहरी र स्वास्थ्या चौकीहरुमा कोरना रोकथाम तथा न्यूनीकरणका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरको छ ।

नगर भित्र रहेको डाईनिया स्वास्थ्य चौकी, अमरदह स्वास्थ्य चौकी तथा सुनवर्सी नगरपालिकाको एम्बुलेन्स चालकलाई र सिक्टि प्रहरी चौकि, शस्त्र प्रहरी वल “ए. पि. एफ.” सिक्टि, डाईनिया प्रहरी चौकी र अमरदह प्रहरी चौकीमा स्वास्थ्या समाग्री वितरण गरेको छ ।

कोभिड महामारीको विषम परिस्थितमा समाजको अग्रपङक्तिमा रहेर खटिरहेका स्वास्थ्यकर्मी, नेपाल प्रहरी र शस्त्र प्रहरीलाई धन्यवाद दिदै स्वास्थ्या समाग्रीमा माक्स, सेनिटाईजर र फेससिल वितरण गरेको सुनवर्सी युवा संजालका अध्यक्ष कमलेशवर ठाकुरले हिमाली संचार संगको कुराकानीमा  बताए ।

अत्याबश्यक स्वास्थ्या सामाग्री सुनवर्सी युवा संजालका सम्पूर्ण सदस्य सहित सो संस्थाका सचिव तथा पत्रकार बीरेन्द्रकुमार साहको उपस्थित समेत रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...