News Portal

मोरङको रंगेली नगरपालिका भित्रका ४ वटा वडाहरु पुर्ण रुपमा सिल

हिमालीसंचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वटा आफ्ना वडाहरु पूर्ण रुपमा शिल गरेको छ ।

कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पुर्ण रुपमा सिल दुध र औषधी सेवा बाहेकका सबै बजार बन्द गरेको हो ।  बैठकले जेष्ठ ३ गते देखि ११ गतेसम्मका लागि रंगेली नगरपालिका भित्रका ९ वटै वडामा स्वास्थ्य सेवा र दुघ विक्री वितरण गर्ने बाहेक अन्य सबै सेवा बन्द गरेको छ । 

कोरोना संक्रमण देखिएका वडा नं. ४, ५, ६ र ७ मा पुर्ण रुपमा वडा सिल गरिएको हो । सिसिएमसिको बैठकले पुर्व भेडुवा थान, पश्चिम चेका पुल, उत्तरमा बक्राह खोला र दक्षिणमा भारतीय सिमा क्षेत्रलाई पुर्ण निषेधित क्षेत्र धोषणा गरेको छ । अहिले रंगेली बजार क्षेत्रमा प्रवेश गर्ने सबै नाकामा प्रहरीको बाक्लो उपस्थिति समेत रहेको छ । 

रंगेली नगरपालिका वडा नम्बर ५  का एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएपछि नगरले थप कडाई गरेको हो। कोरोना महामारीको दोस्रो लहरमा रंगेली नगर भित्र अहिलेसम्म दुई  जना पुरुषको मृत्यु भइ सकेको छ । रंगेली नगरपालिका वडा नं. ५ बस्ने ४७ बर्षीय  पुरुषको मृत्यु भएपछि नगरमा थप सुरक्षा व्याबस्था कडाई गरेको हो । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएकाले उनलाई थप उपचारका लागि विराट मेडिकल कलेजमा उपचार भई रहेको थियो।

उनको उपचारका क्रममा मृत्यु भइ सकेको छ। रंगेली-७ का ५० बर्षीय एक अर्को पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। यो संगै रंगेली नगरपालिकामा २ जना पुरुषको मृत्यु भइ सकेको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...