धादिङ हाम्रो देशको हालत महामारीको बेलामा जनता बचाउ भन्ने अभियान जनताले मात्रै बोकेर हिँडेका छन्।सरकार भन्छ “त्यो पनि पर्दैन” कयौँ समाजसेवीहरुले मजदूर किसानहरूलाई,गरीब जनताहरूलाई बाटो-बाटोमा भात खुवाउँदै हिँडेका हामीले धेरै देखेका छन् के याे सबै जनताले नै गर्नु पर्ने बाध्यता हो? म फेरि कुरा आगाडी बढाउँदै लान्छु पीडा के हो।
दुःख के हो हामी गरीबहरुलाई दशैं तिहार कुनै चाडवाडको मतलब हुँदैन मात्र यो कुरा याद हुन्छ त केबल बिहान बेलुका छाक कसरी टार्ने भन्नेमा अनि यसरी छ ट्पटाउँदै सहरका गल्ली र सडकका पेटीहरुमा एक छाक खानालाई कतिबेला आउने हो। भनेर कुर्नु पर्दाको पीडा र भोको पेट लिएर उदास जीवन जिउनुको पीडा त्यो कुर्सीमा बस्नेलाई के थाहा।
बिचारा हाम्रा गरीब जनताहरूयो देश यसरी आर्जेको हुन बुढा बलभद्र कुँवरले नालापानीमा प्याक प्याक हुँदै केराका दाम्सा काटेझै काटेर ल्याएको हो यो देशको स्वाधीनता अनि यिनै कुख्यातहरु एक आपसमा लड़ाई गर्छन् यो देश त इन्डियालाइ दिए हुने याे देश त चाइनालाई दिए हुने भनेर याे देश कसैको बाउको विर्ता र दाइजोमा आएको हैन।
आँखाबाट आँशुको धारा बग्छन् महोदय।अनि जता हेर्यो उतै भ्रष्टचार कालो बजारी जनता बचाउने औषधीमा पनि यत्रो छलकपट अनी ति सबै खुलेआम भएर छाती फुलाएर चिल्लो करमा हुइकिन्छन् तरपनि सरकार”त्यो पनि पर्दैनयाे”सबै कमजोर भनेकाे सरकार हो यहाँ आज मात्रै भ्रष्टचार र घूस लिने प्रचलन आज देखि आएको मात्रै हैन याे त उहाँहरुका लागी त बिहान बेलुका मासु भात खाए जस्तै हो कुनै चिन्ता छैन।यो त सधैँ भरी चलीरहन्छ
कमसेकम यस्ता घुसखोरी हरुलाई बेलैमा समाएर कारवाही गरेको भए र यस्ता भ्रष्टचारीहरुलाई कानुन अनुसार कारवाही गर्न सकेको भए आज यो देशले नयाँ नेपाल र समृद्ध नेपाल पाउने थिए सायद सरकारलाई यो कुरा सुनाए भनी “याे पनि पर्दैन भन्नु हुन्छ”सबै आफैं भित्र र आफ्नै हातमा डाडु पन्यु भएपछी कुनै चीजकाे आभाव हुन्छ।
हाम्री नेपाल आमा सधैँभरी रुन्छिन् आँखामा आँसुको ताटो लिएर आगाडी जाने हिम्मत समेत गर्दिनन् कठै ति शहरमा काम गर्न गएका दुई छोरा कति बेला फर्किन्छन् बाटो हेर्दा हेर्दै झमक्क साँझ पर्न थाल्छ नेपाल आमाको मन त हो फेरि मनमा सास बटुल्दै बाटोभरि आंखा लगाउँछिन्।तर छोरो भने कोरोना लागेर हस्पिटलमा छटपटाई रहेका ती नेपाल आमालाई के थाहा उता आमा छोराहरू सँगै बसेर खाना खाने रहर त्यतिकै आमा भोकै सुत्छिन् बिहान घामको न्यानो किरण सँगै अझै मनमा आशा बोकेर तल्लो घरको माइलीको घरमा जान्छिन् हातमा सानो टिकटिके फोन बोकेर तर आमा लाई फोन गर्न आउँदैन बिचरा हाम्रा नेपाल अामा समयमा पढ्न दिएनन् आज कति हाम्रा नेपाल आमाहरु दुखी छन् अनि गएर भन्छन माइली लौन मेरा दुई छोराहरू तिनखेण्डे साहुको भरी बोक्न गाएका अझै सम्म आएका छैन।
फोन लगाउँदै माइली कुरा गर्छन् संजोग कताबाट फोनमा कुरा गर्न मौका पाउँछन् ति छट्पटीमा रहेका छोराहरू सँग कुरा सुन्नासाथ नेपाल अामा भकानेर रुछिन् सबैले सम्झाउँछन् त्यसैले स्वयम्भूका ति दुई आँखाहरु सधैभरि रोइएरहन्छन् नेपाल आमाको मन पीडा कस्तो हुन्छं दुःख के हो कस्तो हुन्छ मनमा पीडा हुँदा भोग्ने लाई मात्रै थाहा हुन्छ त्यसैले हाम्रा नेपालमा पनि कयौंका घरबार बिहिन र कति हाम्रा चेलीहरुको सिउँदो खाली हुन बाध्य छन् सरकारले ध्यान केन्द्रित पहिला यो कुरामा दिए हुने तर यो पनि पर्दैन रे हामी आम नेपाली जनताको गुनासो छ कुनै पनि गरीब जनताहरू भोकै आकलमै ज्यान गुमाउन नपरोस् सधैँ नेपाल आमाको मन कसैले पनि नरुवाई दिउन् जय देश जय नेपाल।
सनम भट्टराई धादिङ गंगा जमुना गाउँपालिका ५ फूलखर्क