News Portal

जनताले राजाको महत्त्वलाई बुझ्न सकेन

३५१ पटक

काठमाडौं –राकेश कुमार शर्मा  राजा ज्ञानेन्द्र शाहको शासन भएको भए कोरोना भाइरस संक्रमणको महामारीमा जनताहरु तडपिएर मर्नु पर्दैन थियोे ।मुलुकमा राजालाई राजनीतिक गर्नुपर्दैन, राजालाई कमिसन खान पर्दैन, राजालाई भ्रष्टाचार गर्नुपर्दैन र राजाको एकल निर्णय हुन्थ्यो यसकारण राजा ज्ञानेन्द्रको शासनकाल भएको भए कोरोना भाइरस संक्रमणको महामारीमा अक्सिजन, खोप र औषधिहरुको आपूर्ति सहज ढंगले हुन्थ्यो । यसरी जनताहरुलाई तडपिएर मर्नु पर्दैन थियोे ।

आज मुलुकमा राजा ज्ञानेन्द्रको शासन रहेको भए कोरोना भाइरस संक्रमणको महामारीमा जनताहरुलाई अक्सिजन नपाएर तडपिएर मर्नु पर्दैन थियो र जनताहरुको स्वास्थ्य संग खेलवाड हुने थिएन । राजालाई राजनीतिक गर्नुपर्दैन यसकारण मुलुकमा राजाको शासनकाल रहेकोे भए कोरोना भाइरस संक्रमणको महामारीमा वातावरण धेरै सहज हुन्थ्यो।

कोरोना भाइरस संक्रमणको महामारीमा राजालाई औषधिहरुमा भ्रष्टाचार र खोपहरुमा कमिसनको चलखेल गरिराख्नु पर्दैन थियो । मुलुकमा राजा भइ दिएको भए अन्तर्राष्ट्रिय मुलुकहरुबाट कोरोना भाइरस संक्रमणको खोप (भ्याक्सिन) र अक्सिजन ल्याउन कुनै पनि समस्या हुँदैन थियो । आज राजाको शासन रहेको भए सहज ढंगले भ्याक्सिन र अक्सिजनहरु आपूर्ति हुन्थ्यो, कालोबजारी हुने थिएन महँगी नियन्त्रण हुन्थ्यो ।

यसरी जनताहरुलाई तडपिएर मर्नु पर्दैन थियो । राजा भएको भए कोरोना भाइरस संक्रमण महामारीको जटिल अवस्थामा सत्ता जोगाउने र ढाल्ने खेल हुँदैन थियो । राजा भएको भए कोरोना संक्रमणको महामारीमा राजाले लागे सम्म आफ्नो प्रजालाई बचाउन हर उपाय, हर कोशिस र मेहनत गर्नु हुने थियो । राजा भएको भए कर तिर्नु पर्दैन थियो मिनाहा हुन्थ्यो ।

 

हाम्रो मुलुकको जनताहरुले राजाको महत्त्वलाई बुझ्न सकेन । जनताहरुले नेताहरू कस्तो पाए भने मरेको लासको कात्रो सम्म बेचेर खाने यो भन्दा जनताहरुको लागि दु:खद अवस्था के नै हुन सक्छ । पहिले मुलुकमा एउटा मात्र राजा हुनु हुन्थ्यो । अहिले मुलुकमा हजारौं राजा छन । अहिलेका हजारौं राजाहरु लुटनमा मात्र व्यस्त छन ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...