लाग्थ्यो यस्तो महामारीमा हामिलाई देशले सम्झिनेछ।
तर हजुर म त सात समुन्द्र पारि भोकभोकै रहे,
कम्नियुस्टहरुले सत्ता चलाइरहेको बेला
नेपाली जनता म त !
आफनै देश छिर्न पनि अयोग्य भए
देश ठूलो कि भोक ठूलो ….
यहि प्रश्न म लाखौं चोटि दोहोराइरहेछु !
पारी भनेको मेरो प्यारो देश नेपाल छ तर
म वारि रोग र भोकले कराइरहेछु।
कम्नियुस्ट नेकपा हुनेले सरकार हल्लाए
सरकारी खर्चमै जहाज चढेर नेपालमा आए
म भने यतै मरौ कि,
अरु केही छ मेरो देश नेपाल फर्कने उपाय ?
बिदेशिनु हामी नेपालीलाई रहर हैन सरकार ?
सवाल थियो परिवार र पापी पेटको
कम्नियुस्ट (नेकपा)ले फलाक्ने रास्ट्रवाद त
फगत एउटा लम्पसारवादको तुच्छ लाज रहिछ,
जसलाई छोपने कुनै उखान नै छैन ?
आज आएर राजनीति बल्ल बुज्दै छु हजुर
बिदेशिएका नेपालीहरुको कुनै देश छैन।
त्रिभुवन अधिकारी
– धादिङ।