News Portal

कोलोराडोको बर्थ-डे पार्टीमा गोली चल्यो, ६ जनाको हत्या

हिमालीसंचार संवाददाता
४८२ पटक

एजेन्सी – अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्तको गोली हानेर हत्या गरेका हुन्। आफ्नी प्रेमिकासहित ६ जनाको हत्या गरेपछि मासियासले आफैंमाथि पनि गोली चलाएका थिए।

प्रहरीका अनुसार स्यान्ड्राका मृतक आफन्तहरू ३० वर्षीय मेल्भिन पेरेज, ५३ वर्षीय जोआना क्रुज, २१ वर्षीय जोस गुटाइरेज, ३२ वर्षीय मेरा पेरेज र जोस इबार्रा हुन्। यो घटना कोलोराडोस्थित क्यान्टरबरी मोबाइल होमपार्कमा गत आइतबार भएको हो। पार्टीमा आएका तीन जना आफन्तमध्ये दुई जना मारिएका थिए। प्रहरीका अनुसार बन्दुकधारी व्यक्ति र मृतकको परिवारबीच एक हप्ताअघि विवाद भएको थियो । कोलोराडो प्रहरी प्रमुख भिन्स निस्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, ‘ती पुरूषलाई पारिवारिक जमघटमा बोलाइएन, त्यसपछि उनले गोली हाने।’

मासियास इबार्रा पेरेजसँग एक वर्षदेखि सम्बन्धमा थिए। उनको कुनै आपराधिक पृष्ठभूमि पनि नरहेको प्रहरीले जनाएको छ। पार्टीमै सहभागी तीन जना बाच्चाहरू छिमेकमा सामान लिन निस्किएका थिए। तर उनीहरू फर्किँदा घटना भइसकेको थियो। दुई, पाँच र ११ वर्षीय बालकहरू बच्न सफल भएका थिए। प्रहरीका अनुसार उनीहरूलाई कुनै चोट लागेको छैन। प्रहरीले घटनास्थलबाट १७ वटा गोलीका खोल बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...