News Portal

  • छोरो त दोग्लै थियो

    हिमालीसंचार संवाददाता
    ४५२ पटक

    संसार नै जलेपछि आमाको मन त बेग्लै थियो
    पुछेर नियालिन् तस्बिरमा छोरो त दोग्लै थियो !

    पुरानो झुपडीसँगै आँगनी पनि सुनसान थियो
    दैलामा नखुल्ने गरी तेर्सिएको त आग्लै थियो !

    कफन बक्सभित्र छोराको शव आएको थियो
    आमाले हेरिन् तेल घस्या गोडा त सग्लै थियो !

    कहिल्यै नउठ्ने गरेर त्यो पहाड ढलेको थियो
    आमाले देखिन् चक्रमा ल्याप्चेको थेग्लै थियो !

    घाटमा चितामाथि शरीर दन-दनी जल्दै थियो
    आमाले नापिन् छोरो ‘बा’भन्दा त अग्लै थियो !

    संसार नै जलेपछि आमाको मन त बेग्लै थियो
    पुछेर नियालिन् तस्बिरमा छोरो त दोग्लै थियो !

    प्रथा
    – काठमाडौँ, नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...