News Portal

  • गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका लागि १० हजार डलर सहयोग गर्ने

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    अमेरिका -गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व क्षमतालाई विश्वास गरी चुनावी अभियानमा लागेका विभिन्न पदका उम्मेद्वारहरुबीचको विहिवारको वैठकले एनआरएनए अमेरिकाले सुरु गरेको गो फन्ड मि मार्फत सहयोग गर्ने निर्णय गरेको हो।

    मातृभुमी नेपालमा दु:ख पर्दा, हामीलाई पनि पिडा हुन्छ । अध्यक्ष पदका प्रत्याशी एवं हालका उपाध्यक्ष सुवेदीले भन्नुभयो यस्तो पिडाको समयमा हामीले आ आफ्नो क्षेत्रवाट जति सकिन्छ त्यति सहयोग गर्नुपर्दछ । गैर आवासीय नेपालीहरुले यो बेला कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे हामी सबैले छलफल गरी सहयोगी हात अघि बढाउनुपर्ने सुवेदी बताउनुहुन्छ ।

    आवश्यक अन्य सहयोग कार्यका लागि पनि तयार रहने निर्णय गर्दै सुवेदीलाई सहयोग गर्ने र उहाको नेतृत्व प्रति विश्वास गरी अघि बढिरहेका अन्य पदका उम्मेद्वारहरु सम्मिलित वैठकले थप सहयोग जुटाउन र अन्य खालका सहयोग गर्नका लागि एनआरएनए अमेरिका सगँको समन्वयमा अमेरिको अरु निकायहरु सगँ पनि आवश्यक समन्वय गर्न रकेट बैज्ञानिक राजिव श्रेस्ठ र कोभिड–१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरि अनुभव बटुल्नुभएका डा. प्रकाश श्रेस्ठ लाई त्यसको लागि पहल गर्न जिम्मेवारी समेत दिएको छ ।

    त्यस्तै, अमेरिका स्थित विभिन्न विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई नेपालमा फैलिएको स्वास्थ संकटले गर्दा यदि यहाँ अध्यनरत् विद्यार्थीहरू लाई कुनै प्रकारका समस्याहरु पर्न गएमा उक्त समस्या समाधानको लागि के कस्तो सहयोग संकलन गर्न सकिन्छ त्यस्को लागि वैठकले अनुप खनाल र त्रिभुवन पाण्डे लाई जिम्मेवारी प्रदान गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...