News Portal

गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका लागि १० हजार डलर सहयोग गर्ने

हिमालीसंचार संवाददाता
३२९ पटक

अमेरिका -गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व क्षमतालाई विश्वास गरी चुनावी अभियानमा लागेका विभिन्न पदका उम्मेद्वारहरुबीचको विहिवारको वैठकले एनआरएनए अमेरिकाले सुरु गरेको गो फन्ड मि मार्फत सहयोग गर्ने निर्णय गरेको हो।

मातृभुमी नेपालमा दु:ख पर्दा, हामीलाई पनि पिडा हुन्छ । अध्यक्ष पदका प्रत्याशी एवं हालका उपाध्यक्ष सुवेदीले भन्नुभयो यस्तो पिडाको समयमा हामीले आ आफ्नो क्षेत्रवाट जति सकिन्छ त्यति सहयोग गर्नुपर्दछ । गैर आवासीय नेपालीहरुले यो बेला कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे हामी सबैले छलफल गरी सहयोगी हात अघि बढाउनुपर्ने सुवेदी बताउनुहुन्छ ।

आवश्यक अन्य सहयोग कार्यका लागि पनि तयार रहने निर्णय गर्दै सुवेदीलाई सहयोग गर्ने र उहाको नेतृत्व प्रति विश्वास गरी अघि बढिरहेका अन्य पदका उम्मेद्वारहरु सम्मिलित वैठकले थप सहयोग जुटाउन र अन्य खालका सहयोग गर्नका लागि एनआरएनए अमेरिका सगँको समन्वयमा अमेरिको अरु निकायहरु सगँ पनि आवश्यक समन्वय गर्न रकेट बैज्ञानिक राजिव श्रेस्ठ र कोभिड–१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरि अनुभव बटुल्नुभएका डा. प्रकाश श्रेस्ठ लाई त्यसको लागि पहल गर्न जिम्मेवारी समेत दिएको छ ।

त्यस्तै, अमेरिका स्थित विभिन्न विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई नेपालमा फैलिएको स्वास्थ संकटले गर्दा यदि यहाँ अध्यनरत् विद्यार्थीहरू लाई कुनै प्रकारका समस्याहरु पर्न गएमा उक्त समस्या समाधानको लागि के कस्तो सहयोग संकलन गर्न सकिन्छ त्यस्को लागि वैठकले अनुप खनाल र त्रिभुवन पाण्डे लाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...