News Portal

कतारमा नेपालीहरुले गरे रक्तदान

हिमालीसंचार संवाददाता
३७६ पटक

कतार – कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन्। नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्थाको संयोजन र विभिन्न सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदानमा ६७ जनाले रक्तदान गरेका छन्। कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा दूतावासका कर्मचारी भट्टराईले रक्तदान पुण्यको कार्य भएको बताए।

उनले नेपाली रक्तदाता संघ कतारले उदाहरणीय काम गरेको बताए। नेपाली रक्तदाता संघ कतारका अध्यक्ष तेज कटुवालले विषम परिस्थितिमा उल्लेख्य उपस्थिति रहेको बताए। अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...