News Portal

भारतमा उड्दा उड्दै पाङ्ग्रा निस्किएको जहाज सफल अवतरण

हिमालीसंचार संवाददाता
६४९ पटक

ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको जहाज सफल अवतरण गराएका छन्।

जेट सर्भ एभिएसनले चलाएको  सी-९० भिटी-जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै ‘बेली ल्यान्डिङ’ गराएका थिए। 

करिब राती ९ बजेर ९ मिनेटमा जहाजको विमानस्थलमा सफल अवतरण गरिएको थियो। जहाजमा रहेका सबैजना सुरक्षित रहेका छन्। बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराउने क्याप्टेन केशरी सिंहको प्रशंसा गरेका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...