News Portal

भारतमा उड्दा उड्दै पाङ्ग्रा निस्किएको जहाज सफल अवतरण

हिमालीसंचार संवाददाता
४९६ पटक

ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको जहाज सफल अवतरण गराएका छन्।

जेट सर्भ एभिएसनले चलाएको  सी-९० भिटी-जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै ‘बेली ल्यान्डिङ’ गराएका थिए। 

करिब राती ९ बजेर ९ मिनेटमा जहाजको विमानस्थलमा सफल अवतरण गरिएको थियो। जहाजमा रहेका सबैजना सुरक्षित रहेका छन्। बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराउने क्याप्टेन केशरी सिंहको प्रशंसा गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...