News Portal

  • किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु !

    ५२९ पटक

    एजेन्सी – दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।

    १३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्‍यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए ।

    यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले ।

    मनोविज्ञहरुले १३ अंकप्रतिको डरलाई टि्रस्काइडेका फोबिया अर्थात् थर्टिन डिजिट फोबिया नाम दिए । डर यतिसम्म बढ्यो कि सोही कारण मानिसहरु १३ नम्बरको प्रयोगबाटै टाढा भाग्न थाले ।

    कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन ।

    उता भारतको सबैभन्दा व्यवस्थित मानिने चण्डीगढ सहरमा पनि १३ नम्बरको भूतले सताएको छ । पण्डित जवाहरलाल नेहरुको सपनाको उक्त सहरमा सेक्टर नम्बर १३ नै गायब छ । उक्त सहरको डिजाइन विदेशी नागरिकले गरेका थिए, जसलाई १३ नम्बरको फोबिया थियो ।

    उता भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जिवनमा १३ नम्बरको निकै गहिरो सम्बन्ध तथा संयोग छ । प्रधानमन्त्री बन्ने तथा हट्ने धेरै कुराका निमित्त १३ तारेख तथा १३ दल आदिको संयोग पर्‍यो ।

    के भन्छ अंक विज्ञान ?

    अंक विज्ञान वा न्युमोरोलोजीको हिसाबले पनि १३ अंकलाई शुभ मानिँदैन । यसको मुख्य कारण १२ अंकलाई मानिन्छ ।

    वास्तवमा न्यमोरोलोजीमा १२ नम्बरलाई पूर्णताको प्रतीक मानिन्छ । त्यसैले त्यो पूर्ण अंकमा १ जोड्नुलाई दुर्भाग्यको प्रतीक मान्ने गरिन्छ ।

    तर कतिपय मानिसहरुको मत के छ भने १३ नम्बरलाई अशुभ भन्नु केवल अन्धविश्वास हो र यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...