News Portal

किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु !

६३१ पटक

एजेन्सी – दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।

१३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्‍यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए ।

यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले ।

मनोविज्ञहरुले १३ अंकप्रतिको डरलाई टि्रस्काइडेका फोबिया अर्थात् थर्टिन डिजिट फोबिया नाम दिए । डर यतिसम्म बढ्यो कि सोही कारण मानिसहरु १३ नम्बरको प्रयोगबाटै टाढा भाग्न थाले ।

कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन ।

उता भारतको सबैभन्दा व्यवस्थित मानिने चण्डीगढ सहरमा पनि १३ नम्बरको भूतले सताएको छ । पण्डित जवाहरलाल नेहरुको सपनाको उक्त सहरमा सेक्टर नम्बर १३ नै गायब छ । उक्त सहरको डिजाइन विदेशी नागरिकले गरेका थिए, जसलाई १३ नम्बरको फोबिया थियो ।

उता भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जिवनमा १३ नम्बरको निकै गहिरो सम्बन्ध तथा संयोग छ । प्रधानमन्त्री बन्ने तथा हट्ने धेरै कुराका निमित्त १३ तारेख तथा १३ दल आदिको संयोग पर्‍यो ।

के भन्छ अंक विज्ञान ?

अंक विज्ञान वा न्युमोरोलोजीको हिसाबले पनि १३ अंकलाई शुभ मानिँदैन । यसको मुख्य कारण १२ अंकलाई मानिन्छ ।

वास्तवमा न्यमोरोलोजीमा १२ नम्बरलाई पूर्णताको प्रतीक मानिन्छ । त्यसैले त्यो पूर्ण अंकमा १ जोड्नुलाई दुर्भाग्यको प्रतीक मान्ने गरिन्छ ।

तर कतिपय मानिसहरुको मत के छ भने १३ नम्बरलाई अशुभ भन्नु केवल अन्धविश्वास हो र यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...