News Portal

श्रीमतीको हत्या गरी युएई गएका एक युवा पक्राउ गरी सार्वजनिक

हिमालीसंचार संवाददाता
५९४ पटक

 

युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ।

तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले  युएई (दुबई) पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। विस २०७६ सालमा श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए। श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्।

अभियुक्त पुरीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।उनको खोजी गर्ने क्रममा इन्टरपोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए।

उनलाई लिन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी टोली दुबई गएको थियो। चैत २८ गते गएको टोली मंगलबार बिहान काठमाडौं आइपुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

नेपाल ल्याइएका पुरीलाई अहिले प्रधान कार्यालयमै राखिएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइने इन्टरपोल शाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...