News Portal

श्रीमतीको हत्या गरी युएई गएका एक युवा पक्राउ गरी सार्वजनिक

हिमालीसंचार संवाददाता
७१९ पटक

 

युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ।

तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले  युएई (दुबई) पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। विस २०७६ सालमा श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए। श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्।

अभियुक्त पुरीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।उनको खोजी गर्ने क्रममा इन्टरपोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए।

उनलाई लिन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी टोली दुबई गएको थियो। चैत २८ गते गएको टोली मंगलबार बिहान काठमाडौं आइपुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

नेपाल ल्याइएका पुरीलाई अहिले प्रधान कार्यालयमै राखिएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइने इन्टरपोल शाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...