News Portal

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको कोषाध्यक्षमा  उम्मेदवार  सतेन्द्र शाह

हिमालीसंचार संवाददाता
३५५ पटक

अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको (२०१७-२०१९) पूर्व बोर्ड सदस्य सतेन्द्र शाह (२०२१-२०२३)कार्यकालमा कोषाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। साह एनआरएनए एनसीसी अमेरिकाको वर्तमान सल्लाहकार पनि हुनुहुन्छ। नेपालको सप्तरी जिल्लामा जन्मेर २००७ देखि अमेरिकाको न्यूयोर्क बस्दै आउनु भएका सतेन्द्र शाह एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितीका पूर्व सदस्य र वर्तमान सल्लाहकर पनि हुनुहुन्छ। २०१३ तिरबाट एनआरएनए एनसीसी अमेरिकामा सकृय सहभागी हुँदै आउनु भएका शाह अन्तराष्ट्रिय परिषदका सम्मेलन र महाधिवेशनमा समेत धेरैपटक प्रतिनिधि हुनु भएको छ। सुरु देखि नै न्यूयोर्क आसपास बसेका शाह अन्य सामाजिक गतिबिधिमा पनि सक्रिय हुनुहुन्छ।

सार्वजनिक लेखामा  एम बीए गर्नुभएका साह पेशाले पनि एउटा कम्पनीको  परियोजना लेखा  हुनुहुन्छ। रिजवुड नेपाली समाज को समेत कोषाध्यक्ष रहिसक्नु भएको हो। Madesi Association in America (MAA) का सल्लाहकार हुँदै हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। एनआरएनए एनसीसी अमेरिकाको एक कार्यकालको कामको अनुभवलाइ अमेरिकामा अझै एक तह माथि गएर एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष भएर संस्थाको लेखा सिस्टमलाइ ब्यबसायिक रुपमा राख्ने कुरा बताउनुहुन्छ।

श्रोत बिकासलाइ व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको बताउनु भयो। आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनुपर्छ भन्नुहुन्छ शाह। कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफू त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवार भएको कुरा राख्नु हुन्छ शाह।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...