News Portal

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको कोषाध्यक्षमा  उम्मेदवार  सतेन्द्र शाह

हिमालीसंचार संवाददाता
३२० पटक

अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको (२०१७-२०१९) पूर्व बोर्ड सदस्य सतेन्द्र शाह (२०२१-२०२३)कार्यकालमा कोषाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। साह एनआरएनए एनसीसी अमेरिकाको वर्तमान सल्लाहकार पनि हुनुहुन्छ। नेपालको सप्तरी जिल्लामा जन्मेर २००७ देखि अमेरिकाको न्यूयोर्क बस्दै आउनु भएका सतेन्द्र शाह एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितीका पूर्व सदस्य र वर्तमान सल्लाहकर पनि हुनुहुन्छ। २०१३ तिरबाट एनआरएनए एनसीसी अमेरिकामा सकृय सहभागी हुँदै आउनु भएका शाह अन्तराष्ट्रिय परिषदका सम्मेलन र महाधिवेशनमा समेत धेरैपटक प्रतिनिधि हुनु भएको छ। सुरु देखि नै न्यूयोर्क आसपास बसेका शाह अन्य सामाजिक गतिबिधिमा पनि सक्रिय हुनुहुन्छ।

सार्वजनिक लेखामा  एम बीए गर्नुभएका साह पेशाले पनि एउटा कम्पनीको  परियोजना लेखा  हुनुहुन्छ। रिजवुड नेपाली समाज को समेत कोषाध्यक्ष रहिसक्नु भएको हो। Madesi Association in America (MAA) का सल्लाहकार हुँदै हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। एनआरएनए एनसीसी अमेरिकाको एक कार्यकालको कामको अनुभवलाइ अमेरिकामा अझै एक तह माथि गएर एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष भएर संस्थाको लेखा सिस्टमलाइ ब्यबसायिक रुपमा राख्ने कुरा बताउनुहुन्छ।

श्रोत बिकासलाइ व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको बताउनु भयो। आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनुपर्छ भन्नुहुन्छ शाह। कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफू त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवार भएको कुरा राख्नु हुन्छ शाह।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...