News Portal

एनआरएनए च्याप्टर अमेरिकाको अध्यक्षको जिम्मवारी सम्हालेकी ताराले दिइन् महिला सचिवमा उम्मेद्वारी

हिमालीसंचार संवाददाता
५७२ पटक

अमेरिका – एनआरएनए अमेरिका आयोवा च्याप्टरकी अध्यक्ष तारा ढकाल मरहट्टाले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि महिला सचिव पदमा उम्मेद्वारी घोषणा गरेकी छन। एनआरएनए आयोवा च्याप्टरमा २ बर्ष महिला संयोजक हुंदै बर्तमान एनआरएनए अमेरिकाको एकमात्र महिला अध्यक्षको रुपमा आयोवा च्याप्टरकी अध्यक्ष रहेकी मरहट्टा एनआरएनए मिड्वेस्टको क्षेत्रीय सचिवको रुपमा सामुदायिक सेवामा सकृय छिन्।

आयोवालाई कर्मक्षेत्र बनाएर सफल महिला ब्यवसायीको रुपमा आफुलाई स्थापित गरेकी मरहट्टा एनआरएनए अमेरिकाको शिकागोमा सम्पन्न साधारण सभामा काखमा आफ्नो बच्चा च्यापेर साधारण सभा सम्पन्न बनाउन रातदिन खटेको चर्चा त्यसताक खुबै प्रशंशित थियो। पारिवारिक जिम्मेवारीका वावबुद महिलालाई सामाजिक सेवामा उत्रिनु सजिलो कहाँं छ र, त्यसमाथी पनि परदेशमा। तर शिक्षित मरहट्टा आफ्नो क्यारियर, परिवार, ब्यवसाय र सामुदायिक सेवालाई ब्यबस्थापन गरेर अघि बढीरहेकी छन।

जतापनी महिला सहभागीताको नारा ओकल्ने सामुदायिक संस्थाहरुमा महिलाको उपस्थिती ज्यादै न्यून रहने गरेको छ। संस्थाले बाध्यताले खडा गर्ने महिलाको पद बाहेक महिला सहभागीता ज्यादै न्यून रहने गरेको छ। एउटा महिला एनआरएनए च्याप्टर अध्यक्षको रुपमा मरहट्टाको खटाईले एनआरएनए अमेरिकाको यात्रामा ढकाललाई रुचाउने शुभेच्छुकहरुको बलमा आफु महिला सचिव पदमा चुनाव लड्न लागेको बताईन।

सशक्त महिला उपपस्थिती, गतिशिल समाज, संस्थागत एनआरएनए र समावेशी भूमिका आफ्नो सामाजिक कार्यको प्राथमिकतामा पर्ने बताउंछिन, मरहट्टा। आधा संसार ढाकेको महिला, तिनका समस्या र परदेशमा महिला उत्थानका लागि आफु निरन्तर लागिपर्ने प्रणका साथ एनआरएनएनए अमेरिकाको महिला सचिव पदमा उम्मेद्वारी दिएकी छिन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...