News Portal

काङ्ग्रेसको नेतृत्वमा लोकतन्त्र सुदृढ र संस्थागत बन्नेछ – रविप्रकाश राई

हिमालीसंचार संवाददाता
४२७ पटक

खोटाङ– नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टले लोकतान्त्रिक व्यवस्थालाई ध्वस्त गरेको र अब काङ्ग्रेसले संविधानवादको जगमा टेकेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने बताएका छन।

नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्य र नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापती प्रदिप सुनुवारको विशेष आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युवा नेता राईले सो बताएका हुन।

नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा नेता राईले कम्युनिष्टसंग जनताले विश्वास गरेर दिएको मत थेग्न सक्ने  क्षमता    नभएको बताएका छन।

युवा नेता राईका अनुसार, कम्युनिष्टलाई जनताले विश्वास गरेर दिएको मतको परिणाम स्वरुप आज देशले यो राजनीतिक संकटको परिस्थिती भोग्नु परेको र राजनीतिक संकट मात्र नभई कम्युनिष्ट सत्ताको फल स्वरुप अर्थतन्त्र ध्वस्त हुनुका साथै लोकतन्त्रले समेत ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आएको नेता राईले बताएका छन।

साथै युवा नेता राईले, काङ्ग्रेसले चुनाव अगावै भनेको कम्युनिष्टहरु सत्तामा आए भने लोकतन्त्रले मौलाउन नपाउने र देशले विकासको अनुभुती गर्न नसक्ने कुरा आज प्रमाणित भएको बताएका छन।

यो राजनीतिक संकटको विचबाट देशलाई माथी उठाउन र बिग्रिएको अर्थतन्त्रलाई सुधार्न जनताले काङ्ग्रेसको नेतृत्व खोजिरहेको समेत युवा नेता राईले बताए।

साथै नेता राईले कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई, काङ्ग्रेसले उद्घाटन गरेको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन र कम्युनिष्टका कारण निराश जनतामा उत्साह ल्याउन काङ्ग्रेसको नेतृत्व आवश्यक भएकोले तयारी अवस्थामा बस्न अपिल समेत गरेका छन।युवा नेता राई नेपाली काङ्ग्रेसका महासमिती सदस्य समेत हुन।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...