News Portal

  • लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आयाे: रवि प्रकाश राई (भिडियो सहित )

    हिमालीसंचार संवाददाता
    ४१५ पटक

    सुनसरी- नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले जनतालाई वास्तविक लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आएको बताएका छन् । कांग्रेस निकट नेपाल शिक्षक संघ ओखलढुङ्गाको २१ र २२ औं संयुक्त जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता राईले आज मुलुकमा व्यप्त नक्कली कम्युनिष्ठ पार्टीहरुले जनतामाझ झुटो आस्वासन मात्र बाढेकाले अब कांग्रेसले जनताको घरदैलोमा पुगेर उनीहरुको वास्तविक समस्या बुझ्नु पर्ने समय आएको बताए ।

    नेता राईले मुलुक भित्र राजनितिक अस्थिरता बढ्दै गएकाले राजनितिक पार्टीहरु कमजोर बनेको बताउदै यो समय नेपाली कांग्रेस संवेदनशील बन्नु पर्ने बताए । साथै उनले कांग्रेस फुटको पक्षमा नभइ भावनात्मक एकतामा बाँधिएर जानु पर्नेमा जोड दिदै कांग्रेस व्यवहारिकताको बाटोमा गएर जनताको वास्तविक समस्या समाधान गर्ने तर्फ लाग्नु पर्ने बताए ।

    अर्काे प्रसंगमा नेता राईले विद्यालय देश निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने पहिलो आधार भएको बताउदै शिक्षकहरुलाई आफ्नो पेशाको महत्वलाई वुझेर राज्यले दिएको आफ्नो दायित्व इमान्दारीताकासाथ पुरा गर्न आग्रह गरे । शिक्षकहरु शिक्षक मात्र नभएर देशको भविष्य निर्माण गर्ने पात्र भएको बताउदै नेता राईले भने ‘दक्ष जनशक्ति उत्पादनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ, जुन विषयलाई शिक्षकहरुले कहिल्यै विर्सनु हुन्न।

    साथै युवा नेता राई नेपाली कांग्रेसले शिक्षकहरुको महत्व वुझेर उनीहरुलाई दिनु पर्ने सम्मानको विषयमा सम्वेदनशिल वन्नु पर्ने धारणा व्यक्त गरे ।

     

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...