नेपाल ठकुरी संगम कास्कीको अध्यक्षमा शेर उच्चै निर्वाचित

पोखरा – नेपाल ठकुरी संगम कास्कीकोे २५औं साधारणसभा तथा नवौं अधिवेशनबाट शेरबहादुर उच्चै ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा याम बहादुर हमाल, द्धितिय उपाध्यक्षमा पुर्णवति शाहि, सचिवमा कृष्णबहादुर चन्द, कोषाध्यक्षमा देबेन्द्र बम मल्ल, सहसचिवमा कृष्णबहादुर सिंहलाई चयन गरिएको छ।
त्यस्तै, उक्त समितिको सदस्यहरुमा नितु शाहि, शिमा शाहि, गया शाहि, मोहनप्रताप खाँण, जगराज चन्द, डाइमन हमाल, भुपेन्द्र खाँण, रुद्रबहादुर मल्ल र देबेन्द्र हमाल रहेका छन्।
नवनिर्वाचित अध्यक्ष शेरबहादुर उच्चैले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिदै ठकुरीको हकहित र एकतामा ध्यान दिने बताए। उनले ठकुरीकोे हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै ठकुरीकोे गरिमा र उचाईलाई थप टेवा दिदैँ आर्थिक पारदर्शिता र सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताए।
कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार खड्गबहादुर शाहिले ठकुरीकोे जात माग्न सम्पुर्ण ठकुरीहरुलाई अनुरोध गर्दै आफुहरुलाई देश वा, प्रदेश होईन मात्र आफ्नो जात चाहिएको बताए।
निर्वाचन संयोजक ईश्वर हमालले निर्वाचन एक प्रजातान्त्रिक पद्दति भएकोले जसले जितेपनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेर सबैले हातेमालो गर्दै अघि बढ्न सुझाव दिए।
अध्यक्ष शेरबहादुर उच्चै, द्धितिय उपाध्यक्षमा पुर्णवति शाहि र सचिव कृष्णबहादुर चन्द निर्वाचनबाट र अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन्।
सभामा नेपाल ठकुरी महासंघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर शाही, सल्लाहकार दुर्गाबहादुर शाह, जिल्ला प्रशासन कार्यालय लमजुङ्गका सहायक अधिकृत अनिलकुमार शाहि, दर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णु उच्चै, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाललगायतले शुकामना व्यक्त गरेका थिए।
निर्वाचन संयोजक ईश्वर हमालले नवनिर्वाचित टिमलाई सपथ गराएका थिए।


















