News Portal

कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति कानुनविद्को आपत्ति

हिमालीसंचार संवाददाता
३५४ पटक

काठमाडौँ -कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको भनेकामा कानुनविद्हरूले आपत्ति जनाएका छन् । अदालतमा विचाराधीन मुद्दामा देउवाले यस्तो अभिव्यक्ति दिन नमिल्ने उनीहरूको धारणा छ ।

देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा भने अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै पार्टीलाई अनिर्णयमा राखेका थिए । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा पोलेर हत्या गरेको आरोपमा आलम नख्खु जेलमा छन् । उनको गृहजिल्लामा बुधबार आयोजित कार्यक्रममा देउवाले आलमलाई छुटाउन प्रयास गरिरहेको अभिव्यक्ति दिएका थिए ।

कानुनविद् चन्द्रकान्त ज्ञवालीले अदालतमा विचाराधीन मुद्दामा यस्तो अभिव्यक्ति आपत्तिजनक हुने बताए । ‘गम्भीर व्यक्ति हत्याका आरोपितलाई छुटाउने कुनै कानुनी प्रक्रिया छैन,’ उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा बोल्नु मानहानिको विषयसमेत हो ।’

अर्का कानुन व्यवसायी सुवास आचार्यले अदालतबाट कैद ठहर भइसकेको व्यक्तिलाई कैद मिनाहा गर्ने व्यवस्था कानुनमा भए पनि आलमलाई छुटाउने कुनै कानुनी प्रबन्ध नभएको बताए । ‘आलममाथि ज्युँदो मान्छेलाई इँटाभट्टीमा पोलेर मारेको कसुर छ । यस्तो मुद्दा फिर्ता गर्न मिल्दैन भन्ने कानुनमा स्पष्ट हुँदाहुँदै कसरी प्रयास गरिरहेको छु भन्न मिल्छ ?’ आचार्यले भने, ‘नेता वा कुनै पनि व्यक्तिले अदालतको सुनुवाइ प्रक्रियामा दबाब सिर्जना हुने खालका अभिव्यक्ति दिन मिल्दैन । यस्तो अभिव्यक्ति न्यूनतम लोकतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ ।’

 

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...