News Portal

विक्रम पवन परियारको कविता “फर्क अब आफ्नै देश”

हिमालीसंचार संवाददाता
४१५ पटक

हिमाल जस्तो स्वाभिमान भएको
बुद्धको जस्तो विचार भएको
म एक वीर गोर्खाली हुँ

अदम्य साहस बोकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्तो फराकिलो छातीमा
आफ्नै माटोको रंग टाँसेर निधारभरी
हिँड्नु छ देश बनाउने अभियानमा

छोडेर परदेशमै हरियो पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग

गाउँमा चर्किएका घरका भित्ताहरू
माटोले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो यो निश्चल आँखामा हिमाल हाँस्छ
डाँफेचरिका रंगीन प्वाँखजस्तै
रंग्याउन बाँकी छ मेरो देशको सपना
र देशको खम्बा भएर बाँच्नु छ मलाई

लालुपाते जस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेको गुँरास जस्तो
सगरमाथा चढ्ने आरोहीका पैताला जस्तो
हामीले यो युगको गीत लेखौ

अब खनौं आफ्नै बाटो – कोदाली भएर
अब जोडौं हजार सपनाहरू – पुल भएर
फर्क युवा हो फर्क
यो देशको इतिहास हामी आफैंले लेख्नुपर्छ

युग बदल्ने जोसिला पाइलाहरू
उर्जाशील मुठ्ठीहरू
गोलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा
युगान्तकारी नक्सा कोरौं
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हो देश फर्क
हामी हाम्रो पिढीको लागि
देश भएर बाँचौँ ।

 विक्रम पवन परियार
रामेछाप हाल, काठमाण्डौ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...