News Portal

प्रधानमन्त्री तानाशाह शैलीमा चल्न खोजेः कांग्रेस नेता रवि प्रकाश राई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४६ पटक

खोटाङ -नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले लोकतान्त्रिक विधिबाट चल्ने मुलुकको सरकार शासक बन्न नमिल्ने बताएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाका स्व. पदम बहादुर थापाको श्रद्धाञ्जली कार्यक्रमको अवसरमा उनले बिघटित प्रतिनिधि सभाको प्रसंग जोड्दै मुलुकको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओली तानाशाह शैलीमा चल्न खोजेको संकेत गरे।

उनले भने लोकतान्त्रिक विधिबाट चलेको मुलुकका जनताले प्रत्यक्ष रुपमा अधिकारको उपभोग गर्न पाउनु पर्छ, नभए जनप्रतिनिधिहरुलाई घोक्रेठ्याक लगाएर भएपनि जनताका अभावहरुको परिपूर्ति गर्न लगाउनु पर्छ। त्यस्तै फरक प्रसंगमा नेता राईले जाति, भूगोल र वर्गको आधारमा नभएर भावनात्मक एकतामा बाँधिएर नेपाली कांग्रेसले संगठन निर्माणलाई तिव्र बनाउनु पर्नेमा जोड दिए।

उनले जनताले समृद्धि चाहेको भन्दै अब कांग्रेस स्थानीय स्तरमा जनतालाई अधिकार सम्पन्न बनाउने तर्फ लाग्ने बताए । “कसैको आलोचना, टिप्पणी, समर्थन र विरोध नभइ अब कांग्रेसले स्पष्ट पार्टीको दृष्टिकोण र एजेण्डाहरु तयार पारेर जनतासामु जानु पर्छ, उनले भने। श्रद्धाञ्जली सभाको अवसरमा नेता राईले स्व. थापाको समाज र जनताप्रतिको योगदान अतुलनीय रहेकाले उनलाई सधै सम्मान गरिरहनु पर्ने बताए। नेपाली कांग्रेस मार्फत लामो समयसम्म जनताको सेवामा समर्पित रहेका स्व. थापाको गत मंसिर २६ गते निधन भएको थियो। उनी वि. स. २०४९ सालको स्थानीय चुनावमा वडा ७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...