News Portal

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि

हिमाली संचार संवाददाता
९७४ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले भेट्न समय नदिएपछि मलिन मुद्रामा नेपाल फर्किने सुर कसेको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणा भन्दै प्रचण्ड भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका प्रचण्डलाई चीनले यसरी किन निरास बनायो त्यो भने पछि खुल्दै जाला तर, उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको भन्दै यसैमा चित्त बुझाउन प्रचण्डलाई बाद्यता आइपरेको स्रोतले जनाएको छ ।काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व उनी चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो । तर, चिनियाँ राष्ट्रपतिको ‘व्यस्त सेड्युल’का कारण उनी जिनपिङलाई नभेटी स्वदेश फर्कदैछन् । पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुसँग भेट गरेका थिए । तर, चीनमा भने उनले शीर्ष नेताहरुसँग भेट गर्न सकेनन् । नेपाल पानाबाट साभार

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...