News Portal

खोटाङमा नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४८५ पटक

खोटाङ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस १० नम्बर वडा कार्य समिति पाथेकाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

दुई तिहाईको मत पाएको नेकपाले जनताप्रति गरेको गद्दारीका कारण कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन्। मुलुकको माटो सुहाउँदो राष्ट्रियता, लोकतन्त्र, शान्ति र विकासको लागि कांग्रेस नै ठूलो शक्ति भएको उनीहरुको दावी छ।

पूर्व नेकपा एमालेका पाथेकाका पूर्व अध्यक्ष तथा प्रभावशाली नेता प्रेमकुमार गिरी, नेकपाका यूवा नेता टिकाराम पुरीको नेतृत्वमा सिङ्गो गाउँका अढाइ सय बढि नेता कार्यकर्ता कांग्रेसमा आएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
नव प्रवेशीहरुलाई कांग्रेसका नेताहरु नरेशकुमार श्रेष्ठ, विष्णुकुमार राई, शुवासकुमार पोख्रेल, सरस्वती बजिमय,  रविप्रकाश राई, दिनेश राई, धर्मराज पोख्रेल, रुद्र गिरी, इवन राईलगायतले अविरमालाका साथ पार्टीको झण्डा ओढाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...