– प्रीति अर्याल
नयनहरु गल्दैछन्
अंगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
संगालेर अाखा भरि
बगिरहन्छन……………बगिरहन्छन
अनायासै,
जीबनकाे उमङ्ग छाल बनेर
ठाेकिन्छ शुन्यतासग
मुटुभित्रकाे भ्रम सम्मिलन हुदा
बेदनाका रसिला तस्बिरहरु
रसाएर झर्छन् अाँखाबाट
अाँसुहरु तिर्खाएर अतीत चियाउदा
अाक्राेश ब्यक्त गर्दै
प्रहार गर्छन मष्तिकमा
भाबनाका तिखो काँडाहरुले
घाँटी निचाेरेर ,म्वाई खानेहरुसँग
सुमधुर सम्बन्धकाे अपेक्षामा
हस्ताक्षरकाे अाँधी चलाउछन
नयनहरु
भत्किएपछि डिलहरु
बिश्वास र सत्यकाे
मुटुभित्र संगालेर चाेटहरु
मनको बाँध फुटाउदै
बटुलेर जिन्दगीका अवशेषहरु
छेक्न सक्दैन राेक्न सक्दैन
अनि , भत्काउन सक्दैन
नयनका ती छालहरु
तर,
अहम्का अागाका झिल्काहरुमा
नयनहरु गल्दैछन्
अंगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
संगालेर अाँखा भरि
बगिरहन्छन्………….बगिरहन्छन