News Portal

कबिता

हिमाली संचार संवाददाता
१०१० पटक

– प्रीति अर्याल

नयनहरु गल्दैछन्
अंगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
संगालेर अाखा भरि
बगिरहन्छन……………बगिरहन्छन

अनायासै,
जीबनकाे उमङ्ग छाल बनेर
ठाेकिन्छ शुन्यतासग
मुटुभित्रकाे भ्रम सम्मिलन हुदा
बेदनाका रसिला तस्बिरहरु
रसाएर झर्छन् अाँखाबाट
अाँसुहरु तिर्खाएर अतीत चियाउदा
अाक्राेश ब्यक्त गर्दै
प्रहार गर्छन मष्तिकमा
भाबनाका तिखो काँडाहरुले
घाँटी निचाेरेर ,म्वाई खानेहरुसँग
सुमधुर सम्बन्धकाे अपेक्षामा
हस्ताक्षरकाे अाँधी चलाउछन
नयनहरु

भत्किएपछि डिलहरु
बिश्वास र सत्यकाे
मुटुभित्र संगालेर चाेटहरु
मनको बाँध फुटाउदै
बटुलेर जिन्दगीका अवशेषहरु
छेक्न सक्दैन राेक्न सक्दैन
अनि , भत्काउन सक्दैन
नयनका ती छालहरु
तर,
अहम्का अागाका झिल्काहरुमा
नयनहरु गल्दैछन्
अंगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
संगालेर अाँखा भरि
बगिरहन्छन्………….बगिरहन्छन

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...