News Portal

  • संगठनमा तदारुकता ल्याउन सकृयता बढाउदै युवा नेता रविप्रकाश

    हिमालीसंचार संवाददाता
    ५०१ पटक

    खोटाङ – पछिल्ला केही महिनाहरुदेखि जिल्ला दौडाहामा लागेर जनताको घरदैलोमा पुगेर काङ्ग्रेस निर्माणको अभियानलाई सशक्त पारिरहेका युवा नेताराई पछिल्ला दिनमा प्रदेश सभा क्षेत्र क को ऐसेलुखर्क गाउपालिकामा रहि पार्टीका स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणको घर दैलोमा व्यस्त छन।

    नेपालको राजनीतिक सरगर्मी सर्लक्कै बढेको छ। वहुमत प्राप्त सत्ताधारी दल विभाजनको संघरमा पुगेको छ। प्रधानमन्त्रीले पार्टीको आन्तरिक झगडाका कारण सनकका भरमा संसद विघटन गरेका छन। मुलुक एउटा अर्को अनिश्चितकालीन युगमा प्रवेश गर्ने तय भएको स्थिती छ। यस्तोमा जनताको मतलाई कुल्चेर जनघात गर्न उद्दत कम्युनिष्टको पुरानै हर्कत फेरि उदाङ्गो भएको छ।

    यहि कम्युनिष्टले गरेको लोकतन्त्र र संविधान माथीको ‘कु’ लाई जनताको घरघर सम्म पुर्याउदै पार्टीको संगठन निर्माणमा व्यस्त छन युवा नेता राई। नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत रहेका राई कम्युनिष्टहरुले जनता प्रती गरेका ज्यादती, अन्याय र वेतिथिलाई जनता माझ पुर्याएर कम्युनिष्टको असली स्वरुप देखाउन लागि परेको बताउछन।

    जनता बीच छाएको निराशा र मुर्छित सपनालाई व्युझाउन समेत लागि परेको बताउछन। साथै नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार माघ ३ गते शनिवार गरिने पालिका स्तरिय विरोध कार्यक्रममा ऐशेलुखर्क गाउँपालिकाको नेतृत्व नेता राईले गर्दैछन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...